अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

रोमी १२:१-२१

१२  यसैले ए भाइहरू हो, म तिमीहरूलाई परमेश्वरको करुणाको आधारमा बिन्ती गर्छु, कि तिमीहरूले आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्वरलाई अर्पण गर। यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर पवित्र सेवा चढाएका हुनेछौ। २  अनि तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड, बरु तिमीहरूको सोचाइमा यस्तो परिवर्तन आओस् कि तिमीहरूको कायापलट होस्, ताकि तिमीहरूले परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक। ३  मलाई देखाइएको असीम अनुग्रहको आधारमा म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता नठान, बरु परमेश्वरले हरेकलाई जुन नापले विश्वास दिनुभएको छ, त्यसबमोजिम ठान, ताकि तिमीहरूले ठीकसँग सोच्न सक। ४  किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग छन्‌ तर सबै अङ्गको काम एउटै हुँदैन, ५  त्यसरी नै, हामी धेरै भए तापनि ख्रीष्टसित एकतामा बाँधिएको एउटै शरीर र एकअर्कामा गाँसिएका अङ्गहरू हौं। ६  हामीलाई देखाइएको असीम अनुग्रहअनुसार हामीले फरक-फरक वरदान पाएका छौं। त्यसैले यदि त्यो भविष्यवाणी गर्ने वरदान हो भने हाम्रो भागमा परेको विश्वासअनुसार भविष्यवाणी गरौं; ७  सेवा गर्ने वरदान हो भने हामी सेवा गरिरहौं; अनि जसले सिकाउने वरदान पाएको छ, उसले सिकाइरहोस्; ८  जसले अर्ती दिने वरदान पाएको छ, उसले अर्ती दिइरहोस्; जसले बाँड्ने वरदान पाएको छ, उसले उदारचित्त भई बाँडोस्; जसले अगुवाइ लिने वरदान पाएको छ, उसले लगनशील भई अगुवाइ लेओस् अनि जसले कृपा देखाउने वरदान पाएको छ, उसले खुसीसाथ कृपा देखाओस्। ९  तिमीहरूको प्रेम कपटरहित होस्। जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर, जे कुरा असल छ, त्यससित टाँसिरहो। १०  एक-दोस्रोप्रति भ्रातृप्रेम राख्दै कोमल स्नेह देखाओ। एक-अर्काको आदर गर्नमा अगुवाइ लेओ। ११  आफ्नो काममा आलटाल नगर। पवित्र शक्तिले भरिएर जोसिलो होओ। यहोवाको दास बनेर उहाँको सेवा गर। १२  आशामा रमाओ। सङ्कष्ट आउँदा सहो। प्रार्थनामा लागिरहो। १३  पवित्र जनहरू खाँचोमा पर्दा तिनीहरूसित बाँडचुँड गर। अतिथि-सत्कार गर्ने बानी बसाल। १४  तिमीहरूको खेदो गर्नेहरूलाई आशिष्‌ दिइरहो। आशिष्‌ दिइरहो, सराप नदेओ। १५  रमाउने मानिसहरूसित रमाओ; रुने मानिसहरूसित रोओ। १६  आफ्नो विषयमा जस्तो सोच्छौ, अरूको विषयमा पनि त्यस्तै सोच; ठूलठूला कुराहरूमा मन नलगाओ, बरु साना कुराहरूमा मन लगाओ। तिमीहरू आफ्नै नजरमा बुद्धिमान्‌ नहोओ। १७  कसैलाई खराबीको बदला खराबी नगर। जुन काम सबै मानिसले असल ठान्छन्‌, त्यही गर। १८  सबै मानिससित शान्तिसित बस्न तिमीहरू सक्दो कोसिस गर। १९  प्रियहरू हो, साटो नफेर, बरु परमेश्वरको क्रोधलाई ठाउँ देओ; किनकि यस्तो लेखिएको छ: “बदला लिने काम मेरो हो; म प्रतिशोध लिनेछु, यहोवा भन्नुहुन्छ।” २०  तर “तिम्रो शत्रु भोकाएको छ भने उसलाई खुवाऊ; ऊ तिर्खाएको छ भने उसलाई केही पिउन देऊ; किनकि यसो गरेर तिमीले बलिरहेको कोइला उसको टाउकोमा थुपार्नेछौ।” २१  आफूलाई खराबीसित पराजित हुन नदेऊ, बरु खराबीलाई भलाइले जितिरह।

फुटनोटहरू