अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रेषित ६:१-१५

 त्यसबेला, जब चेलाहरूको सङ्ख्या बढ्दै गइरहेको थियो, तब हरेक दिन खाना बाँड्दा ग्रीकभाषी विधवाहरूको बेवास्ता भइरहेको हुनाले ग्रीकभाषी यहूदी चेलाहरूले हिब्रूभाषी यहूदी चेलाहरूविरुद्ध गनगन गरे। २  त्यसकारण बाह्र प्रेषितले सबै चेलाहरूलाई बोलाएर भने: “परमेश्वरको वचन सिकाउन छोडेर टेबुलमा खाना बाँड्नु हाम्रो लागि उचित हुँदैन। ३  त्यसैले भाइहरू हो, पवित्र शक्ति र बुद्धिले भरिपूर्ण भएका अनि राम्रो नाम कमाएका सात जना मानिस तपाईंहरूमाझ खोज्नुहोस् र हामी तिनीहरूलाई यस महत्त्वपूर्ण काममा नियुक्त गर्नेछौं; ४  तर हामी भने प्रार्थना गर्ने र परमेश्वरको वचन सिकाउने काममा समर्पित हुनेछौं।” ५  यो कुरा सबै चेलाहरूलाई चित्त बुझ्यो अनि तिनीहरूले स्तिफनसलाई छाने, जो विश्वास र पवित्र शक्तिले भरिपूर्ण थिए। त्यसैगरि, तिनीहरूले फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र धर्म परिवर्तन गरेर यहूदी बनेका एन्टिओकका निकोलाउसलाई पनि छाने। ६  त्यसपछि, तिनीहरूले यिनीहरूलाई प्रेषितहरूसामु लगे अनि प्रार्थना गरेर ती प्रेषितहरूले आफ्नो हात यिनीहरूमाथि राखे। ७  फलस्वरूप, परमेश्वरको वचन फैलँदै गयो र यरूशलेममा चेलाहरूको सङ्ख्या झन्‌-झन्‌ बढ्दै गयो अनि धेरै पुजारीले पनि विश्वास गरे। ८  अब परमेश्वरबाट अनुग्रह र बल पाएका स्तिफनसले मानिसहरूसामु ठूलठूला आश्चर्यजनक कार्य अनि चमत्कारहरू गर्दै थिए। ९  तर स्वतन्त्र दलको सभाघर भनिने समूहका केही मानिसहरू अनि साइरेनी, अलेक्जेन्ड्रिया, सिलिसिया र एसियाका कोही-कोही मानिसहरू स्तिफनससित विवाद गर्न खडा भए। १०  तर उनी जुन बुद्धि र पवित्र शक्तिको साथमा बोलिरहेका थिए, त्यससामु तिनीहरू टिक्न सकेनन्‌। ११  तब तिनीहरूले मानिसहरूलाई यसो भन्न गुप्तमा उक्साए: “यसले मोशा र परमेश्वरको निन्दा गरेको हामीले सुनेका छौं।” १२  तिनीहरूले मानिसहरू, धर्म-गुरुहरू र शास्त्रीहरूलाई भड्काए अनि एक्कासी आएर उनीहरूले तिनलाई जबरजस्ती पक्रेर यहूदी न्यायपरिषद्सामु लगे। १३  तिनीहरूले झूटा साक्षीहरू अघि सारेर यसो भन्न लगाए: “यस मानिसले यो पवित्र स्थान र मोशाको व्यवस्थाविरुद्ध बोल्न छोड्दैन। १४  उदाहरणका लागि, त्यो नासरी येशूले यस ठाउँलाई भत्काउनेछ अनि हामीले मोशाबाट पाएको रीतिथितिलाई परिवर्तन गर्नेछ भनेर यसले भनेको हामीले सुनेका छौं।” १५  अनि यहूदी न्यायपरिषद्मा हुनेहरू सबैले एकटक लगाएर तिनलाई हेरे। उनीहरूले तिनको अनुहार स्वर्गदूतको जस्तै देखे।

फुटनोटहरू