अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रकाश ८:१-१३

 अनि थुमाले सातौं लाहाछाप हटाउँदा लगभग आधा घण्टासम्म स्वर्गमा चकमन्न भयो। २  तब परमेश्वरसामु खडा हुने सात वटा स्वर्गदूत मैले देखें अनि तिनीहरूलाई सात वटा बिगुल दिइयो। ३  तब एउटा अर्को स्वर्गदूत आइपुगे र वेदीको छेउमा उभिए। तिनीसित सुनको धूपदानी थियो र सबै पवित्र जनहरूले प्रार्थना चढाउँदा तिनले सिंहासनअगाडि भएको सुनको वेदीमा धूप चढाऊन्‌ भनेर तिनलाई धेरै धूप दिइयो। ४  अनि ती स्वर्गदूतले हातमा लिएको धूपबाट उठिरहेको धुवाँ पवित्र जनहरूको प्रार्थनासँगसँगै परमेश्वरकहाँ पुग्यो। ५  तब तुरुन्तै ती स्वर्गदूतले धूपदानी लिएर त्यसमा वेदीको आगो भरे अनि पृथ्वीमा हुर्ऱ्याए। तब गर्जनहरू भए, आवाजहरू सुनिए, बिजुलीहरू चम्के अनि भूकम्प भयो। ६  अनि सात वटा बिगुल लिएका सात वटा स्वर्गदूत ती फुक्न तयार भए। ७  अनि पहिलो स्वर्गदूतले आफ्नो बिगुल फुके। तब रगत मिसिएको असिना अनि आगो उत्पन्न भयो र त्यसलाई पृथ्वीमा हुर्ऱ्याइयो। त्यसले गर्दा पृथ्वीको एक तिहाइ भाग जल्यो, रूखहरूको एक तिहाइ भाग जल्यो र सबै हरिया वनस्पतिहरू जले। ८  त्यसपछि, दोस्रो स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि आगो सल्किरहेको ठूलो पहाडजस्तो केही चीज समुद्रमा हुर्ऱ्याइयो। त्यसले गर्दा समुद्रको एक तिहाइ भाग रगत बन्यो। ९  साथै, समुद्रका एक तिहाइ जीवजन्तु* मरे अनि एक तिहाइ जहाज क्षतिग्रस्त भए। १०  त्यसपछि, तेस्रो स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि बत्तीजस्तै बलिरहेको एउटा ठूलो तारा आकाशबाट खस्यो र नदीहरूको एक तिहाइ भागमा र पानीका मुहानहरूमा त्यो पऱ्यो। ११  त्यो ताराको नाम ऐरेलु थियो। त्यसले गर्दा एक तिहाइ पानी तीतो भयो र पानी तीतो भएकाले धेरै मानिस मरे। १२  त्यसपछि, चौथो स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि सूर्यको एक तिहाइ भाग, चन्द्रमाको एक तिहाइ भाग अनि ताराको एक तिहाइ भागमा प्रहार गरियो, ताकि तिनीहरू सबैको एक तिहाइ भाग अँध्यारो होस् र दिनको अनि त्यसैगरि रातको पनि एक तिहाइ उज्यालो घटोस्। १३  तब मैले आकाशमा एउटा चील उडिरहेको देखें र त्यसले चर्को सोरमा यसो भनिरहेको सुनें: “पृथ्वीमा बस्नेहरूलाई धिक्कार, धिक्कार, धिक्कार! किनकि अझ तीन वटा स्वर्गदूतले बिगुल फुक्न बाँकी छ र तिनीहरूले आफ्नो बिगुल फुक्नै लागेका छन्‌।”

फुटनोटहरू

प्रका ८:९ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।