सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रकाश १०:१-११

१०  अनि मैले स्वर्गबाट ओर्लिरहेको अर्को एउटा बलवान्‌ स्वर्गदूत देखें। तिनले बादल पहिरिएका थिए, तिनको शिरमा इन्द्रेनी थियो, तिनको अनुहार सूर्यजस्तो थियो र तिनका खुट्टा आगोको खम्बाजस्ता देखिन्थे,  अनि नबेरिएको एउटा सानो मुठा तिनको हातमा थियो। तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा जमिनमा राखे।  अनि सिंह गर्जेजस्तो चर्को सोरमा तिनी कराए। तिनी कराउँदा सात वटा गर्जनले आ-आफ्नो आवाज निकाले।  सात वटा गर्जनले बोलेपछि मैले लेख्नै आँटेको थिएँ तर स्वर्गबाट आएको एउटा आवाजले यसो भनेको मैले सुनें: “सात वटा गर्जनले भनेका कुराहरू सिलबन्दी गरेर राख अनि ती नलेख।”  अनि समुद्र र जमिनमा टेकेर उभिएका ती स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उचालेको मैले देखें।  त्यसपछि, सदासर्वदा जीवित रहनुहुने, जसले आकाश र त्यसमा भएका थोकहरू, पृथ्वी र त्यसमा भएका थोकहरू अनि समुद्र र त्यसमा भएका थोकहरू सृजनुभयो, उहाँको नाममा तिनले यस्तो कसम खाए: “अब अझ ढिला हुनेछैन;  तर सातौं स्वर्गदूतले बिगुल फुक्ने दिनहरूमा, जब तिनी आफ्नो बिगुल फुक्न तयार हुनेछन्‌, तब परमेश्वरको पवित्र रहस्य टुङ्‌गिनेछ। यही पवित्र रहस्य नै उहाँले आफ्ना दासहरू अर्थात्‌ भविष्यवक्ताहरूलाई घोषणा गर्नुभएको सुसमाचार हो।”  स्वर्गबाट आएको आवाजले मलाई फेरि यसो भनेको मैले सुनें: “जाऊ, समुद्र र जमिनमा टेकेर उभिरहेका स्वर्गदूतको हातमा भएको नबेरिएको मुठा लेऊ।”  अनि ती स्वर्गदूतकहाँ म गएँ र तिनीसित त्यो सानो मुठा मागें। तिनले मलाई भने: “लेऊ र यो खाऊ। यसले गर्दा तिम्रो पेट तीतो हुनेछ तर तिम्रो मुखमा भने महजस्तै गुलियो हुनेछ।” १०  मैले स्वर्गदूतको हातबाट त्यो सानो मुठा लिएँ र खाएँ। मेरो मुखमा त्यो महजस्तै गुलियो भयो तर त्यो खाएपछि मेरो पेट तीतो भयो। ११  अनि मैले यस्तो आज्ञा पाएँ: “तिमीले जाति-जातिका, राष्ट्र-राष्ट्रका र भाषा-भाषाका मानिसहरूको विषयमा अनि धेरै राजाको विषयमा अझै भविष्यवाणी गर्नै पर्छ।”

फुटनोटहरू