अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

तीतस २:१-१५

 तर तिमी भने साँचो शिक्षालाई सुहाउँदो वचन बोलिरहनू। २  वृद्ध पुरुषहरू आफ्नो आनीबानीमा सन्तुलित, गम्भीर अनि सुझबुझ भएका होऊन्‌। साथै, तिनीहरू विश्वास, प्रेम र सहनशीलतामा दह्रो होऊन्‌। ३  त्यसैगरि, वृद्ध स्त्रीहरूको आचरण भक्तहरूलाई सुहाउने होस्। तिनीहरू अरूको निन्दा गर्ने र धेरै मद्यपान गर्ने नहोऊन्‌, बरु असल कुराका शिक्षकहरू होऊन्‌। ४  तिनीहरूले युवतीहरूलाई आ-आफ्नो पतिलाई प्रेम गर्न, आफ्ना छोराछोरीलाई माया गर्न, ५  सुझबुझ चलाउन, पवित्र रहन, राम्ररी घर चलाउन, असल बन्न अनि आ-आफ्नो पतिको अधीनमा बस्न सम्झाऊन्‌, ताकि परमेश्वरको वचनको बदनाम हुन नपाओस्। ६  त्यसैगरि, युवकहरूलाई सुझबुझ चलाउन प्रोत्साहन दिइरहनू। ७  तिमी आफैले सबै कुरामा असल कामको उदाहरण बसाल, कुनै भ्रष्टता नभएको शिक्षा देऊ, गम्भीर होऊ, ८  कुनै दोष लगाउन नसकिने हितकर वचन बोल, ताकि हामीलाई खराबीको दोष लगाउन सक्ने कुनै कुरा नपाएकोले विरोधीहरू लाजमा परून्‌। ९  दासहरू सबै कुरामा आ-आफ्ना मालिकको अधीनमा रहून्‌ र तिनीहरूलाई खुसी पारून्‌। तिनीहरूसित मुखमुखै नलागून्‌, १०  चोरी नगरून्‌, बरु पूर्णतया वफादार रहेको देखाऊन्‌, ताकि उनीहरूले सबै कुरामा हाम्रा उद्धारक, परमेश्वरको शिक्षाको शोभा बढाऊन्‌। ११  हरकिसिमका मानिसहरूलाई उद्धार दिने परमेश्वरको असीम अनुग्रह प्रकट भएको छ। १२  यसले हामीलाई भक्तिहीनता र सांसारिक इच्छाहरू त्याग्न अनि यस वर्तमान युगमा सुझबुझ चलाउन, परमेश्वरको स्तरबमोजिम असल काम गर्न र परमेश्वरको भक्ति गर्दै जीवन बिताउन सिकाउँछ। १३  हाम्रो सुखद आशा पूरा हुने अनि हाम्रा महान्‌ परमेश्वर र हाम्रा उद्धारक, ख्रीष्ट येशू प्रकट हुने बाटो हेर्दै बसिरहेको बेला हामी यसरी नै जीवन बिताऔं। १४  हामीलाई हरप्रकारका कुकर्महरूबाट छुटकारा दिन र असल कामहरूमा जोसिलो आफ्नो विशेष जन बनाउनको लागि हामीलाई शुद्ध पार्न ख्रीष्टले हाम्रो लागि आफैलाई अर्पण गर्नुभयो। १५  यी कुराहरू सिकाएर तिनीहरूलाई प्रोत्साहन दिइरहनू अनि पूर्ण अख्तियारसहित सुधारिरहनू। कसैले तिमीलाई कहिल्यै तुच्छ नठानोस्।

फुटनोटहरू