सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

एफिसी ३:१-२१

 यसकारण, म पावल, तिमी अन्यजातिका मानिसहरूका लागि ख्रीष्ट येशूको कैदी . . . २  तिमीहरूले पक्कै सुनेको हुनुपर्छ, कि तिमीहरूको फाइदाको निम्ति मलाई परमेश्वरको असीम अनुग्रहको भण्डारेको जिम्मेवारी दिइएको थियो ३  अनि मलाई पवित्र रहस्य प्रकट गरिएको थियो, जस्तो कि मैले पहिले पनि छोटकरीमा लेखेको थिएँ। ४  यो कुरा मनमा राख्दै जब तिमीहरू यो पढ्छौ, तब मसित ख्रीष्टको पवित्र रहस्यको समझ रहेछ भनेर तिमीहरूले बुझ्नेछौ। ५  अघि-अघिका पुस्ताका मानिसहरूलाई यो रहस्य त्यत्तिको खुलाइएको थिएन, जत्तिको अहिले उहाँका पवित्र प्रेषित र भविष्यवक्ताहरूलाई पवित्र शक्तिद्वारा प्रकट गरिएको छ। ६  यही कि सुसमाचारद्वारा ख्रीष्ट येशूसित एकतामा भएकोले अन्यजातिका मानिसहरू हाम्रा सँगी उत्तराधिकारी र एउटै शरीरका अङ्ग र परमेश्वरले गर्नुभएको प्रतिज्ञामा हाम्रा साझेदार होऊन्‌। ७  परमेश्वरको असीम अनुग्रहद्वारा म यही पवित्र रहस्यको सेवक बनें। आफ्नो शक्तिको प्रमाणस्वरूप उहाँले मलाई यो वरदान सित्तैंमा दिनुभयो। ८  पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ, ऊभन्दा पनि सानो मजस्तो मानिसलाई यो असीम अनुग्रह यसकारण देखाइयो, कि मैले ख्रीष्टको अथाह सम्पत्तिको विषयमा अन्यजातिका मानिसहरूलाई सुसमाचार घोषणा गरूँ ९  अनि पवित्र रहस्यले कसरी काम गर्नेछ भनेर मानिसहरूलाई देखाऊँ, जुन रहस्य सबै कुरा सृजनुहुने परमेश्वरद्वारा परापूर्व कालदेखि लुकाइएको थियो। १०  यसको उद्देश्य के थियो भने स्वर्गमा भएका सरकारहरू र अख्तियारवालाहरूलाई परमेश्वरको बुद्धिको विविध पक्ष अहिले मण्डलीमार्फत प्रकट गर्न सकियोस्। ११  यो उहाँले हाम्रा प्रभु ख्रीष्ट येशूको सम्बन्धमा युगौंअघि रच्नुभएको उद्देश्यअनुसारै छ। १२  ख्रीष्टद्वारा हामीले यसरी निर्धक्क भई बोल्ने साहस पाएका छौं अनि उहाँमाथिको विश्वासद्वारै ढुक्क भई परमेश्वरसामु जान सक्छौं। १३  त्यसकारण तिमीहरूको खातिर मैले भोगेका यी सङ्कष्टहरूको कारण हरेस नखान म तिमीहरूलाई आग्रह गर्छु, किनकि यसले गर्दा तिमीहरूले महिमा पाउँछौ। १४  . . . यसकारण म बुबासामु घुँडा टेकेर प्रार्थना गर्छु, १५  जसद्वारा स्वर्ग र पृथ्वीमा हरेक परिवारले नाम पाएको छ, १६  कि उहाँले आफ्नो प्रचुर महिमाबमोजिम तिमीहरूलाई आफ्नो पवित्र शक्तिद्वारा* त्यस्तो तागत देऊन्‌, जसले तिमीहरूको भित्री मनुष्यत्वलाई शक्तिशाली बनाउनेछ, १७  अनि प्रेमले भरिएको तिमीहरूको मनमा तिमीहरूको विश्वासद्वारा ख्रीष्टले बास गरून्‌; त्यसैगरि, तिमीहरू विश्वासको जगमा बलियो गरी जरा हालिएका र बसालिएका होओस्, १८  ताकि सबै पवित्र जनहरूले जस्तै तिमीहरूले पनि सत्यको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ राम्ररी बुझोस् १९  अनि ख्रीष्टको प्रेम जानोस्, जुन प्रेम ज्ञानभन्दा पनि श्रेष्ठ छ, ताकि परमेश्वरले दिनुहुने सम्पूर्ण ईश्वरीय गुणहरू तिमीहरूमा पूर्ण होस्। २०  परमेश्वर, जसको शक्तिले हामीभित्र काम गरिरहेको छ अनि जसले हामीले मागे वा सोचेभन्दा कता हो कता धेरै गर्न सक्नुहुन्छ, २१  मण्डली र ख्रीष्ट येशूमार्फत पुस्तौं-पुस्तासम्म सदासर्वदा उहाँकै महिमा होस्। आमिन।

फुटनोटहरू

एफि ३:१६ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।