अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलका कथाहरू भएको मेरो पुस्तक

कथा ११५: पृथ्वीमा नयाँ प्रमोदवन

कथा ११५: पृथ्वीमा नयाँ प्रमोदवन

ती अग्ला-अग्ला रूखहरू, राम्रा-राम्रा फूलहरू र ठूलठूला पहाडहरूलाई हेर त! आहा! यहाँ कत्ति मज्जा छ! लौ हेर, त्यो मृगले एउटा फुच्चे केटोको हातबाट के खाँदैछ? चौरमा बसिरहेका सिंह र घोडाहरूलाई पनि हेर त! तिमीलाई यस्तो ठाउँमा घर बनाएर बस्न मन लाग्छ?

पृथ्वीलाई सुन्दर बगैंचा बनाउनु भएपछि तिमी पनि सधैंभरि त्यहाँ बसोस् भनेर परमेश्वर चाहनुहुन्छ। अहिले मान्छेहरूले भोगिरहेको कुनै पनि दुःख तिमीले त्यतिखेर भोगोस् भनेर परमेश्वर चाहनुहुन्न। यो नयाँ बगैंचामा बस्ने मान्छेहरूलाई बाइबलले यो प्रतिज्ञा गरेको छ: ‘परमेश्वर तिमीहरूसित हुनुहुनेछ। त्यहाँ फेरि कोही पनि मर्नु पर्नेछैन, रुनु पर्नेछैन अनि कसैलाई पीडा पनि हुनेछैन। पहिलेका कुराहरू बितिसकेका हुनेछन्।’

यी सब अचम्मलाग्दा कामहरू येशूले गर्नुहुनेछ। तर कहिले, तिमीलाई थाह छ? पृथ्वीबाट सबै नराम्रो कुरा अनि खराब मान्छेहरूलाई हटाइसक्नुभएपछि। पृथ्वीमा हुनुहुँदा येशूले बिरामीहरूलाई निको पार्नुभएको थियो अनि मरेका मान्छेलाई समेत बिउँताउनुभएको थियो भनेर तिमीलाई याद छ? परमेश्वरको राज्यको राजा हुनुभएपछि पृथ्वीमा के गर्नुहुनेछ भनी देखाउन येशूले ती सबै चमत्कारहरू गर्नुभएको थियो।

यसो विचार गर त! पृथ्वी नयाँ प्रमोदवन बनेपछि कति रमाइलो हुनेछ! त्यसपछि येशू र उहाँले छान्नुभएका केही व्यक्तिहरू मिलेर स्वर्गबाट शासन गर्नुहुनेछ। उहाँहरूले पृथ्वीका सबै मान्छेको हेरविचार गर्नुहुनेछ र सबैलाई खुसी बनाउनुहुनेछ। तर नयाँ प्रमोदवनमा सधैंभरि बाँच्न हामीले के गर्नुपर्छ, अब अर्को कथा पढेर थाह लगाऔं है।

प्रकाश २१:३, ४; ५:९, १०; १४:१-३.

प्रमोदवनको दृश्य


प्रश्नहरू

  • परमेश्वरले यो पृथ्वीलाई प्रमोदवन बनाउनुभएपछि हामी कस्तो रमाइलो ठाउँमा हुनेछौं भनेर बाइबलले बताउँछ?
  • प्रमोदवनमा बस्ने मान्छेहरूको लागि बाइबलमा कस्तो प्रतिज्ञा गरिएको छ?
  • येशूले यी अद्भुत परिवर्तनहरू कहिले गर्नुहुनेछ?
  • परमेश्वरको राज्यको राजा हुँदा आफूले गर्ने के-कस्ता कुराहरू येशूले पृथ्वीमा छँदा गरेर देखाइसक्नुभयो?
  • स्वर्गबाट पृथ्वीमा शासन गर्दा येशू र उहाँका सह-शासकहरूले के गर्नेछन्?

थप प्रश्नहरू

  • प्रकाश ५:९, १० पढ्नुहोस्।

    पृथ्वीमा हजार वर्ष शासन गर्ने व्यक्तिहरू हाम्रो दुःख-सुख बुझ्ने दयालु राजा तथा पूजाहारीहरू हुनेछन् भनेर हामी किन ढुक्क हुन सक्छौं? (एफि. ४:२०-२४; १ पत्रु. १:७; ३:८; ५:६-१०)

  • प्रकाश १४:१-३ पढ्नुहोस्।

    पिताको अनि थुमाको नाउँ १,४४,००० जनाको निधारमा लेखिनुको अर्थ के हो? (१ कोरि. ३:२३; २ तिमो. २:१९; प्रका. ३:१२)