सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?

के तपाईं यहोवाको इच्छाअनुसार चल्न चाहनुहुन्छ?

के तपाईं यहोवाको इच्छाअनुसार चल्न चाहनुहुन्छ?

यो पुस्तिका अध्ययन गर्न समय निकाल्नुभएकोमा तपाईंलाई धन्यवाद छ। यसबाट तपाईंले यहोवाका साक्षीहरू को हुन्‌ भनेर चिन्न सक्नुभयो, हाम्रो गतिविधिबारे थाह पाउनुभयो र हाम्रो सङ्‌गठनले के-के गर्दैछ भनेर जान्न सक्नुभयो। आशा छ, आज यहोवाको इच्छाअनुसार चल्ने व्यक्तिहरू यहोवाका साक्षीहरू नै हुन्‌ भनेर बुझ्न तपाईंलाई यस पुस्तिकाले मदत गऱ्यो। परमेश्वरबारे ज्ञान लिइरहनुहोस्, आफूले सिकिरहेको कुराबारे आफ्नो परिवार र साथीभाइलाई बताउनुहोस् र ख्रीष्टियन सभाहरूमा हामीसित नियमित तवरमा सङ्‌गत गरिरहनुहोस् भनेर हामी तपाईंलाई विनम्र अनुरोध गर्न चाहन्छौं।—हिब्रू १०:२३-२५.

यहोवा तपाईंलाई असाध्यै प्रेम गर्नुहुन्छ। त्यसैले उहाँबारे जति धेरै सिक्नुहुन्छ, उहाँको प्रेम पनि त्यति नै धेरै महसुस गर्नुहुनेछ। तब तपाईं पनि आफूले सकेजति उहाँलाई प्रेम गर्न उत्प्रेरित हुनुहुनेछ। (१ यूहन्ना ४:८-१०, १९) तर परमेश्वरलाई प्रेम गरेको कुरा आफ्नो दैनिक जीवनमा कसरी देखाउन सक्नुहुन्छ? उहाँले तोक्नुभएको असल र खराबको स्तरअनुसार जीवन बिताउँदा कसरी तपाईंकै भलो हुन्छ? अनि हामीसँगसँगै मिलेर यहोवाको इच्छाअनुसार चल्न तपाईंलाई केले जुरमुऱ्याउनेछ? तपाईंको बाइबल शिक्षकले खुसीसाथ यी प्रश्नहरूको जवाफ दिनेछन्‌। यसरी चित्तबुझ्दो जवाफ पाएपछि तपाईं र तपाईंको परिवारले ‘आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख्न अनि अनन्त जीवनको आशा’ राख्न सक्नुहुन्छ।—यहूदा २१.

परमेश्वरको इच्छाअनुसार चलिरहन “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख” पुस्तकबाट अध्ययन गर्नुभए कसो होला?

 

अझ बढी सिक्नुहोस्

बाइबल अध्ययन कार्यक्रम

भिडियो क्लिप: बाइबल किन पढ्‌नुपर्छ?

संसारका लाखौं मानिसले जीवनका यी महत्त्वपूर्ण प्रश्नहरूको जवाफ बाइबलबाट पाएका छन्‌। के तपाईं पनि यी प्रश्नहरूको जवाफ पाउन चाहनुहुन्छ?

अक्सर सोधिने प्रश्नहरू

बाइबल अध्ययन भनेको के हो?

हामीले सञ्चालन गर्ने निश्शुल्क बाइबल अध्ययनबारे सोधिने केही प्रश्नको जवाफ पाउनुहोस्।