अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?

परमेश्वरको इच्छा के हो?

परमेश्वरको इच्छा के हो?

पृथ्वीमा स्थापित प्रमोदवनमा हामी सधैंभरि सुखी र आनन्दित भई जीवन बिताएको परमेश्वर चाहनुहुन्छ!

तपाईं भन्नुहोला, ‘यस्तो पनि सम्भव छ र?’ परमेश्वरको राज्यले यो सम्भव बनाउनेछ भनेर बाइबलमा बताइएको छ। साथै मानिसहरूले त्यस राज्य र हाम्रो लागि उहाँले राख्नुभएको उद्देश्यबारे सिकेको परमेश्वर चाहनुहुन्छ।भजन ३७:११, २९; यशैया ९:७.

परमेश्वर हाम्रो हित चाहनुहुन्छ।

मायालु बुबाले आफ्ना छोराछोरीको हित चाहेझैं स्वर्गमा बस्नुहुने हाम्रो बुबा पनि हामी सधैंभरि खुसी भएको चाहनुहुन्छ। (यशैया ४८:१७, १८) उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “जसले परमेश्वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।”१ यूहन्ना २:१७.

परमेश्वरले देखाएको बाटोमा हामी हिंडेको उहाँ चाहनुहुन्छ।

हामी सृष्टिकर्ताको ‘बाटोमा हिंडेको’ उहाँ चाहनुहुन्छ। त्यसकारण उहाँ हामीलाई ‘आफ्नो मार्ग देखाउनुहुन्छ’ भनी बाइबल बताउँछ। (यशैया २:२, ३) सबै मानिसलाई आफ्नो इच्छाबारे थाह दिन परमेश्वरले “आफ्नो नामको लागि मानिसहरू” जम्मा गर्नुभएको छ।प्रेषित १५:१४.

परमेश्वर हामी एकतामा बाँधिएर उहाँको उपासना गरेको चाहनुहुन्छ।

यहोवाको शुद्ध उपासनाले मानिसहरूमाझ विभाजन ल्याउँदैन बरु तिनीहरूलाई साँचो प्रेममा बाँध्छ। (यूहन्ना १३:३५) जुनसुकै ठाउँका पुरुष हुन्‌ या स्त्री, तिनीहरूलाई एकतामा बाँधिएर परमेश्वरको सेवा गर्न आज कसले सिकाइरहेको छ? आउनुहोस्, यो पुस्तिका पढेर यस प्रश्नको जवाफ थाह पाउनुहोस्।

 

अझ बढी सिक्नुहोस्

बाइबल अध्ययन कसरी गरिन्छ?

संसारभरि नै यहोवाका साक्षीहरू निश्शुल्क बाइबल अध्ययन गराउने व्यक्तिहरू भनेर चिनिन्छन्‌। यो काम कसरी गरिन्छ, थाह पाउनुहोस्।

भिडियो क्लिप: बाइबल किन पढ्‌नुपर्छ?

संसारका लाखौं मानिसले जीवनका यी महत्त्वपूर्ण प्रश्नहरूको जवाफ बाइबलबाट पाएका छन्‌। के तपाईं पनि यी प्रश्नहरूको जवाफ पाउन चाहनुहुन्छ?

परमेश्वरले कुन उद्देश्यले पृथ्वी सृष्टि गर्नुभयो?

पृथ्वीलाई सुन्दर बगैंचा बनाउने परमेश्वरको उद्देश्य पूरा हुनेछ? हुनेछ भने कहिले?