अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌?

के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌?

तपाईं के भन्नुहुन्छ?

  • बाँच्नेछन्‌।

  • असम्भव।

  • खै, के थाह।

 पवित्र शास्त्र के भन्छ?

“तिनीहरू . . . पुनर्जीवित हुनेछन्‌।”प्रेषित २४:१५, नयाँ संसार अनुवाद।

तपाईंको लागि यसको अर्थ?

प्रिय व्यक्तिको मृत्यु हुँदा सान्त्वना।२ कोरिन्थी १:३, ४.

मृत्युको डरबाट मुक्त।हिब्रू २:१५.

मरिसकेका प्रिय व्यक्तिसित फेरि भेट्ने आशा।यूहन्ना ५:२८, २९.

 के पवित्र शास्त्रमा विश्वास गर्न सकिन्छ?

अवश्य। कम्तीमा तीनवटा कारण विचार गर्नुहोस्:

  • परमेश्वर जीवनदाता हुनुहुन्छ। यहोवा परमेश्वरले “मानिसहरूलाई जीवन, सास अनि सबै थोक” दिनुभयो भनी पवित्र शास्त्रमा बताइएको छ। (प्रेषित १७:२४, २५; भजन ३६:९) सबैलाई जीवन दिने परमेश्वर नै हुनुहुन्छ। त्यसैले मरिसकेकाहरूलाई उहाँ फेरि जीवित बनाउन सक्नुहुन्छ।

  • पहिला पनि परमेश्वरले मानिसहरूलाई पुनर्जीवित पार्नुभएको छ। पवित्र शास्त्रमा मरिसकेका मानिसहरूलाई फेरि जीवित बनाउनुभएको आठवटा घटना हामी पाउँछौं। तीमध्ये जवान, वृद्ध, पुरुष र महिला थिए। कसै-कसैको भने भर्खरै मात्र मृत्यु भएको थियो। तर एक जना भने मरेको चार दिन भइसकेको थियो।यूहन्ना ११:३९-४४.

  • परमेश्वर फेरि यसो गर्न इच्छुक हुनुहुन्छ। यहोवा परमेश्वर मृत्युलाई घृणा गर्नुहुन्छ। उहाँ त्यसलाई शत्रु ठान्नुहुन्छ। (१ कोरिन्थी १५:२६) मृत्युमाथि विजय हासिल गर्ने उहाँको “इच्छा” छ। त्यसैले मरिसकेकाहरूलाई फेरि जीवित पारेर उहाँले मृत्युलाई सधैंको लागि नामेट पार्नुहुनेछ। परमेश्वर आफ्नो सम्झनामा भएकाहरूलाई फेरि जीवन दिन एकदमै इच्छुक हुनुहुन्छ। तिनीहरू पृथ्वीमा बाँचेको हेर्ने चाह गर्नुहुन्छ।अय्यूब १४:१४, १५.

 यसबारे सोच्नुहोस्

हामी किन बूढो हुन्छौं र मर्छौं?

उत्पत्ति ३:१७-१९ र रोमी ५:१२ मा पवित्र शास्त्रले यस प्रश्नको जवाफ दिएको छ।

 

अझ बढी सिक्नुहोस्

मरिसकेकाहरूको लागि कस्तो आशा छ?

मृत्युपछि हाम्रो अवस्था कस्तो हुन्छ? मरिसकेका हाम्रा प्रियजनहरूलाई के हामी फेरि कहिल्यै भेट्न पाउनेछौं?