अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो भविष्य कस्तो होला?

हाम्रो भविष्य कस्तो होला?

तपाईंको विचारमा . . .

  • यस्तै रहनेछ।

  • अझै खराब हुनेछ।

  • राम्रो हुनेछ।

 पवित्र शास्त्र के भन्छ?

“परमेश्वर[ले] . . . तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।”प्रकाश २१:३, ४, नयाँ संसार अनुवाद।

तपाईंको लागि यसको अर्थ?

अर्थपूर्ण र सन्तोषजनक काम।—यशैया ६५:२१-२३.

रोगबिमार र दुःखकष्टबाट मुक्त जीवन।—यशैया २५:८; ३३:२४.

सधैंभरि परिवार र साथीभाइसित सुखमय जीवन।—भजन ३७:११, २९.

 के पवित्र शास्त्रमा विश्वास गर्न सकिन्छ?

अवश्य। कम्तीमा दुइटा कारण विचार गर्नुहोस्:

  • परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्न सक्नुहुन्छ। यहोवा परमेश्वरसित अपार शक्ति छ। पवित्र शास्त्रमा उहाँलाई “सर्वशक्तिमान्‌” भनिएको छ। (प्रकाश १५:३) त्यसैले संसारलाई राम्रो बनाउने प्रतिज्ञा उहाँले पूरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर शङ्का गर्ने ठाउँ नै छैन। “परमेश्वरको तर्फबाट . . . सबै कुरा सम्भव छ” भनेर पवित्र शास्त्र बताउँछ।—मत्ती १९:२६.

  • परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्न इच्छुक हुनुहुन्छ। उदाहरणको लागि, मरिसकेका व्यक्तिलाई फेरि जीवन दिन यहोवा “इच्छा” गर्नुहुन्छ।—अय्यूब १४:१४, १५, पवित्र बाइबल।

परमेश्वरको छोरा येशूले रोगीहरूलाई निको पार्नुभयो भनेर पनि पवित्र शास्त्र बताउँछ। उहाँले किन त्यसो गर्नुभयो? किनकि उहाँ इच्छुक हुनुहुन्थ्यो। (मर्कूस १:४०, ४१) येशूले आफ्नो बुबाले जस्तै खाँचोमा परेकाहरूलाई मदत गर्न इच्छा देखाउनुभयो।—यूहन्ना १४:९.

त्यसैले हामी यो कुरामा ढुक्क हुन सक्छौं, यहोवा र येशू हाम्रो भविष्य आनन्दित होस् भन्ने चाहनुहुन्छ।—भजन ७२:१२-१४; १४५:१६; २ पत्रुस ३:९.

 यसबारे सोच्नुहोस्

परमेश्वरले हाम्रो संसारलाई कसरी राम्रो बनाउनुहुनेछ?

मत्ती ६:९, १० र दानियल २:४४ मा पवित्र शास्त्रले यस प्रश्नको जवाफ दिएको छ।

अझ बढी सिक्नुहोस्

पृथ्वीको लागि परमेश्वरको उद्देश्य के हो?

परमेश्वरले किन पृथ्वी सृष्टि गर्नुभयो, दुःखकष्टको अन्त कहिले हुन्छ, पृथ्वीको भविष्य कस्तो छ अनि त्यहाँ को-को बस्न पाउनेछन्‌? बाइबलले यी प्रश्नहरूको जवाफ दिन्छ।

परमेश्वरको राज्य के हो?

परमेश्वरको राज्यको राजा को हुनुहुन्छ अनि त्यस राज्यले अहिले के गर्दैछ र भविष्यमा के गर्नेछ?