सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबल कस्तो किताब हो?

बाइबल कस्तो किताब हो?

तपाईं के भन्नुहुन्छ?

  • विदेशीहरूको किताब।

  • झूटा विवरणहरू भएको किताब।

  • परमेश्वरको वचन।

 बाइबल के भन्छ?

“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो।”—२ तिमोथी ३:१६, नयाँ संसार अनुवाद।

तपाईंको लागि यसको अर्थ?

जीवनका महत्त्वपूर्ण प्रश्नहरूको चित्तबुझ्दो जवाफ।—हितोपदेश २:१-५.

दैनिक जीवनको लागि भरपर्दो डोऱ्याइ।—भजन ११९:१०५.

भविष्यको लागि साँचो आशा।—रोमी १५:४.

 के बाइबलमा विश्वास गर्न सकिन्छ?

अवश्य। कम्तीमा तीनवटा कारण विचार गर्नुहोस्:

  • आपसमा बाझिएका छैनन्‌। बाइबल लेख्न १,६०० वर्षभन्दा धेरै समय लागेको थियो। यो लगभग ४० जना मानिसले लेखेका थिए। तिनीहरूमध्ये कतिपयले एकअर्कालाई कहिल्यै भेटेका थिएनन्‌। तैपनि बाइबलका कुराहरू आपसमा मेल खान्छन्‌, बाझिएका छैनन्‌। पूरै बाइबल एउटा मूल विषयमा केन्द्रित छ।

  • इमानदार लेखकहरू। संसारका इतिहासकारहरूले अक्सर आफ्ना मानिसहरूको पराजय ढाकछोप गरिहाल्छन्‌। तर बाइबल लेखकहरूले आफूले र आफ्ना मानिसहरूले गरेको गल्ती प्रस्टै बताएका छन्‌।—२ इतिहास ३६:१५, १६; भजन ५१:१-४.

  • भरपर्दो भविष्यवाणी। येशूको जन्मभन्दा झन्डै ७०० वर्षअघि उहाँ यहूदाको एउटा सानो सहर बेतलेहेममा जन्मनुहुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (मीका ५:२) येशूको जन्म कहाँ भयो? ठीक त्यसै सहरमा।—मत्ती २:१, ३-९.

बाइबलमा अन्य थुप्रै भविष्यवाणीहरू छन्‌। ती भविष्यवाणीहरूमा बताइएको सानोभन्दा सानो कुरा पनि पूरा भए। परमेश्वरको वचनबाट हामी यही आशा गर्छौं नि, होइन र?—२ पत्रुस १:२१.

 यसबारे सोच्नुहोस्

परमेश्वरको वचनले कसरी तपाईंको जीवन सुधार्न सक्छ?

यशैया ४८:१७, १८ र २ तिमोथी ३:१६, १७ मा बाइबलले यस प्रश्नको जवाफ दिएको छ।