अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परिवार सुखी बनाउन के चाहिन्छ?

परिवार सुखी बनाउन के चाहिन्छ?

तपाईं के भन्नुहुन्छ?

  • प्रेम।

  • पैसा।

  • वा अरू केही।

 पवित्र शास्त्र के भन्छ?

“धन्य त तिनीहरू हुन्‌, जसले परमेश्वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”—लूका ११:२८ नयाँ संसार अनुवाद।

तपाईंको लागि यसको अर्थ?

साँचो प्रेम।—एफिसी ५:२८, २९.

गहिरो आदर।—एफिसी ५:३३.

साँचो सुरक्षा।—मर्कूस १०:६-९.

 के पवित्र शास्त्रमा विश्वास गर्न सकिन्छ?

अवश्य। कम्तीमा दुइटा कारण विचार गर्नुहोस्:

  • परमेश्वरले परिवारको सुरु गर्नुभयो। यहोवा परमेश्वरले गर्दा नै “हरेक परिवारले नाम पाएको छ” भनी पवित्र शास्त्र बताउँछ। (एफिसी ३:१४, १५) अर्को शब्दमा भन्नुपर्दा परिवार भन्ने कुरा यहोवाले नै सुरु गर्नुभएको हो। यसको अर्थ?

    मानिलिनुहोस्, तपाईं मीठो खाना खाँदै हुनुहुन्छ र त्यो कसरी पकाउने भनेर जान्न चाहनुहुन्छ। तपाईं कसलाई सोध्नुहुन्छ? पक्कै पनि जसले पकायो, उसैलाई नै सोध्नुहुन्छ नि, होइन र?

    त्यसैगरि परिवार कसरी सुखी बनाउने भनेर थाह पाउन परिवारको सुरुवातकर्ता यहोवालाई नै सोध्नुपर्छ।—उत्पत्ति २:१८-२४.

  • परमेश्वर तपाईंको ख्याल राख्नुहुन्छ। यहोवा आफ्नो वचनबाट सल्लाह दिनुहुन्छ। यस्तो सल्लाह खोज्ने परिवारहरू बुद्धिमान्‌ हुन्छन्‌। किन? ‘किनकि उहाँले तिनीहरूको ख्याल राख्नुहुन्छ।’ (१ पत्रुस ५:६, ७) यहोवा तपाईंकै भलो होस् भन्ने चाहनुहुन्छ। त्यसैले उहाँले दिने सल्लाह सधैं उपयोगी साबित भएको छ।—हितोपदेश ३:५, ६; यशैया ४८:१७, १८.

 यसबारे सोच्नुहोस्

तपाईं कसरी एक जना असल पति, पत्नी, आमा वा बुबा बन्न सक्नुहुन्छ?

एफिसी ५:१, २ र कलस्सी ३:१८-२१ मा पवित्र शास्त्रले यस प्रश्नको जवाफ दिएको छ।

अझ बढी सिक्नुहोस्

सुखी परिवार—तर कसरी?

बाइबलका सल्लाहहरू लागू गरेर तपाईं आफ्नो पारिवारिक जीवन सुखी बनाउन सक्नुहुन्छ।