अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परमेश्वरबाट आएको सुसमाचार!

 पाठ २

साँचो परमेश्वर को हुनुहुन्छ?

साँचो परमेश्वर को हुनुहुन्छ?

१. हामीले किन परमेश्वरको उपासना गर्नुपर्छ?

सम्पूर्ण कुराहरूको सृष्टिकर्ता नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँको सुरुवात पनि छैन र अन्त पनि छैन। (भजन ९०:२) बाइबलमा पाइने सुसमाचारको स्रोत उहाँ नै हुनुहुन्छ। (१ तिमोथी १:११) परमेश्वर हाम्रो जीवनदाता हुनुभएकोले हामीले उहाँको मात्र उपासना गर्नुपर्छ।प्रकाश ४:११ पढ्नुहोस्।

२. साँचो परमेश्वर कस्तो हुनुहुन्छ?

परमेश्वर अदृश्य हुनुहुन्छ। त्यसैले कुनै मानिसले उहाँलाई कहिल्यै देखेको छैन। यसको अर्थ हो, उहाँ पृथ्वीमा भएका सबै प्राणीभन्दा उच्च हुनुहुन्छ। (यूहन्ना १:१८; ४:२४) तैपनि उहाँले बनाएका कुराबाट उहाँ कस्तो परमेश्वर हुनुहुन्छ भनेर हामी बुझ्न सक्छौं। जस्तै: किसिम-किसिमका फलहरू र रङ्गीचङ्गी फूलहरूमा उहाँको माया र बुद्धि देखिन्छ। विशाल ब्रह्माण्डले उहाँ कत्तिको शक्तिशाली हुनुहुन्छ भनेर बताउँछ।रोमी १:२० पढ्नुहोस्।

बाइबल पढेर परमेश्वरको व्यक्तित्वबारे हामी अझ धेरै सिक्न सक्छौं। बाइबलबाट हामी यस्ता कुरा सिक्न सक्छौं: परमेश्वरलाई के मन पर्छ र के मन पर्दैन; उहाँ मानिसहरूसित कस्तो व्यवहार गर्नुहुन्छ र विभिन्न अवस्थामा जस्तै, हामीबाट गल्ती हुँदा उहाँ कस्तो प्रतिक्रिया देखाउनुहुन्छ।भजन १०३:७-१० पढ्नुहोस्।

३. परमेश्वरको नाम छ?

येशूले भन्नुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्।” (मत्ती ६:९) हुन त परमेश्वरका पदवीहरू धेरै छन्‌ तर उहाँको नाम भने एउटा मात्रै छ। भाषाअनुसार परमेश्वरको नाम फरक-फरक तरिकाले उच्चारण गरिन्छ। नेपालीमा यस नामलाई “यहोवा” भनेर उच्चारण गरिन्छ। तर कोही-कोही “यहवे” भनेर पनि उच्चारण गर्छन्‌।मर्कूस १२:२९ पढ्नुहोस्।

थुप्रै बाइबलबाट परमेश्वरको नाम हटाइएको छ र त्यसको सट्टामा प्रभु वा परमप्रभु जस्ता पदवी राखिएको छ। तर सुरुमा बाइबल लेखिंदा परमेश्वरको  नाम झन्डै ७,००० पटक उल्लेख गरिएको थियो। येशूले मानिसहरूलाई परमेश्वरबारे सिकाउँदा परमेश्वरको नामबारे पनि बताउनुभयो।यूहन्ना १७:२६ पढ्नुहोस्।

यी मायालु बुबाले झैं यहोवा परमेश्वरले हाम्रो चिरकालीन हितको लागि कदम चाल्दै हुनुहुन्छ

४. के यहोवा परमेश्वर हाम्रो चासो राख्नुहुन्छ?

संसारमा जताततै दुःखकष्ट छ। के यसको अर्थ यहोवा हाम्रो चासो नै नराख्ने परमेश्वर हुनुहुन्छ त? हाम्रो परीक्षा लिनको लागि नै परमेश्वर हामीलाई दुःखकष्ट भोग्न दिनुहुन्छ भनेर कोही-कोही भन्ने गर्छन्‌। तर यो साँचो होइन।याकूब १:१३ पढ्नुहोस्।

परमेश्वरले हामी मानिसहरूलाई स्वतन्त्र इच्छा दिएर हाम्रो कदर गर्नुभएको छ। यस्तो स्वतन्त्रता पाएकोमा हामी कृतज्ञ छौं र उहाँको सेवा गर्ने छनौट गर्छौं। (यहोशू २४:१५) तर थुप्रै मानिसहरू अरूलाई हानि पुऱ्याउने काम गर्ने छनौट गर्छन्‌। त्यसकारण मानिसहरूले दुःख पाइरहेका छन्‌। यस्तो अन्याय देख्दा यहोवा परमेश्वरको मन दुख्छ।उत्पत्ति ६:५, ६ पढ्नुहोस्।

यहोवा हाम्रो चासो राख्ने परमेश्वर हुनुहुन्छ। हाम्रो जीवन आनन्दित भएको उहाँ चाहनुहुन्छ। अब छिट्टै उहाँले दुःखकष्टलाई र दुःखकष्ट दिनेहरूलाई नाश गर्नुहुनेछ। त्यतिन्जेलसम्म दुःखकष्ट रहन दिनुको ठोस कारण उहाँसित छ। त्यो कारण हामी पाठ ८ मा सिक्नेछौं।२ पत्रुस २:९; ३:७, १३ पढ्नुहोस्।

५. हामी कसरी परमेश्वरको नजिक हुन सक्छौं?

उहाँसित प्रार्थनामा कुराकानी गरेर यहोवा हामीलाई उहाँको नजिक हुन निम्तो दिनुहुन्छ। हामी प्रत्येकलाई उहाँ चासो देखाउनुहुन्छ। (भजन ६५:२; १४५:१८) उहाँ क्षमा दिन तयार हुनुहुन्छ। हामी बेलाबेलामा चुक्ने भए तापनि उहाँलाई प्रसन्न पार्न हामीले गरेको प्रयास उहाँको नजरबाट लुक्दैन। त्यसैले हामीमा कमी-कमजोरीहरू भए पनि हामी परमेश्वरसँग साँच्चै नै नजिकको सम्बन्ध गाँस्न सक्छौं।भजन १०३:१२-१४; याकूब ४:८ पढ्नुहोस्।

यहोवा परमेश्वर हाम्रो जीवनदाता भएकोले हामीले सबैभन्दा धेरै उहाँलाई नै प्रेम गर्नुपर्छ। (मर्कूस १२:३०) यहोवाबारे अझ धेरै सिकेर र उहाँले भनेझैं गरेर उहाँप्रतिको प्रेम देखाउँदा तपाईं उहाँसित झनै नजिक हुनुहुनेछ। १ तिमोथी २:४; १ यूहन्ना ५:३ पढ्नुहोस्।

अझ बढी सिक्नुहोस्

के परमेश्वरको नाम छ?

परमेश्वरका थुप्रै उपाधि छन्‌; जस्तै सर्वशक्तिमान्‌, सृष्टिकर्ता र प्रभु। तर परमेश्वरको नाम बाइबलमा लगभग ७,००० पटक उल्लेख गरिएको छ।