अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परमेश्वरबाट आएको सुसमाचार!

 पाठ ११

परमेश्वरका नियमले हामीलाई कसरी लाभ पुऱ्याउँछ?

परमेश्वरका नियमले हामीलाई कसरी लाभ पुऱ्याउँछ?

बाइबलका सत्यहरूले कसरी हामीलाई सावधानी अपनाउन उत्प्रेरित गर्छ?—भजन ३६:९.

१. हामीलाई किन डोऱ्याइ चाहिन्छ?

हाम्रो सृष्टिकर्ता हामीभन्दा बुद्धिमान्‌ हुनुहुन्छ। उहाँ हाम्रो मायालु बुबा हुनुभएकोले हाम्रो ख्याल राख्नुहुन्छ। साथै, यहोवाले हामीलाई उहाँको डोऱ्याइविना आफूमा मात्र भर पर्न सक्ने गरी बनाउनुभएको थिएन। (यर्मिया १०:२३) जसरी एउटा सानो बालकलाई आमाबाबुको डोऱ्याइ चाहिन्छ, त्यसरी नै हामी सबैलाई परमेश्वरको डोऱ्याइ चाहिन्छ। (यशैया ४८:१७, १८) हामीलाई डोऱ्याइ दिने बाइबलका नियमहरू परमेश्वरबाट आएको उपहार हो।२ तिमोथी ३:१६ पढ्नुहोस्।

यहोवाका नियमले अहिले कसरी उत्तम जीवन बिताउन सकिन्छ र भविष्यमा कसरी चिरकालीन इनाम हासिल गर्न सकिन्छ भनेर सिकाउँछ। परमेश्वरले हामीलाई सृष्टि गर्नुभएकोले हामीले उहाँको डोऱ्याइ कृतज्ञ भई स्वीकार्नु उचित छ।भजन १९:७, ११; प्रकाश ४:११ पढ्नुहोस्।

२. परमेश्वरको वचनले हामीलाई कसरी डोऱ्याउँछ?

विभिन्न परिस्थितिमा हामीले कस्तो कदम चालेको यहोवा चाहनुहुन्छ भनेर बाइबलका आधारभूत सत्यले बताउँछ। बाइबलका अन्य नियमहरू कुनै खास परिस्थितिको लागि मात्र लागू हुन सक्छ। (व्यवस्था २२:८) कुनै अवस्थामा कस्तो कदम चाल्ने भनेर बाइबल सत्यले बताएको कुरा बुझ्न हामीले सोच्ने क्षमता चलाउनुपर्छ। (हितोपदेश २:१०-१२) उदाहरणको लागि, जीवन परमेश्वरले दिनुभएको वरदान हो भनेर बाइबलले सिकाउँछ। यो आधारभूत सत्यले हामीलाई डोऱ्याउँछ।प्रेषित १७:२८ पढ्नुहोस्।

३. कुन दुई आज्ञा महत्त्वपूर्ण छन्‌?

येशूले दुईवटा महत्त्वपूर्ण आज्ञाबारे बताउनुभयो। पहिलो आज्ञामा मानिसको जीवनको वास्तविक उद्देश्यलाई प्रस्ट पारिएको छ। त्यो हो: परमेश्वरलाई चिन्नु, उहाँलाई प्रेम गर्नु र विश्वासी भई उहाँको सेवा गर्नु। जीवनमा हरेक निर्णय गर्दा हामीले यो पहिलो आज्ञा मनमा राख्नै पर्छ। (हितोपदेश ३:६) यस आज्ञाअनुसार जीवन  बिताउनेहरूले परमेश्वरसित मित्रता गाँस्न सक्छन्‌ अनि अनन्त जीवन र साँचो आनन्द पनि प्राप्त गर्न सक्छन्‌।मत्ती २२:३६-३८ पढ्नुहोस्।

दोस्रो आज्ञाले हामीलाई अरूसँग शान्तिमय सम्बन्ध राख्न मदत दिन्छ। (१ कोरिन्थी १३:४-७) यो दोस्रो आज्ञामा मानिसहरूसित व्यवहार गर्दा परमेश्वरको निर्देशन पालन गर्नु पनि समावेश छ।मत्ती ७:१२; २२:३९, ४० पढ्नुहोस्।

४. परमेश्वरका नियमले हामीलाई कसरी लाभ पुऱ्याउँछ?

परिवारहरू कसरी प्रेममा एकताबद्ध हुन सक्छन्‌ भनेर बाइबलका नियमहरूले सिकाउँछ। (कलस्सी ३:१२-१४) वैवाहिक सम्बन्ध स्थायी हुनै पर्छ भनेर परमेश्वरको वचनले सिकाउँछ। यो आधारभूत सत्य परिवारको लागि सुरक्षा हो।उत्पत्ति २:२४ पढ्नुहोस्।

बाइबल शिक्षाअनुसार चल्दा हामी भौतिक र भावनात्मक तवरमा सुरक्षा पाउँछौं। उदाहरणको लागि, इमानदार र लगनशील हुनुपर्छ भनेर बाइबलले सिकाएअनुसार चल्ने कामदारहरूलाई मालिकहरू काम दिन रुचाउँछन्‌। (हितोपदेश १०:४, २६; हिब्रू १३:१८) परमेश्वरको वचनले हामीलाई आफ्ना आवश्यकताहरूमा सन्तुष्ट हुन र भौतिक कुरालाई भन्दा परमेश्वरसितको मित्रतालाई महत्त्व दिन पनि सिकाउँछ।मत्ती ६:२४, २५, ३३; १ तिमोथी ६:८-१० पढ्नुहोस्।

परमेश्वरका नियमहरू पालन गर्दा हाम्रो स्वास्थ्यमा पनि लाभ पुग्छ। (हितोपदेश १४:३०; २२:२४, २५) उदाहरणको लागि, धेरै रक्सी नपिउनू भन्ने बाइबलको नियम पालन गर्दा ज्यानै लिने रोग र दुर्घटनाबाट हामी जोगिन्छौं। (हितोपदेश २३:२०) यहोवाले हामीलाई ठिक्क मात्रामा रक्सी पिउने अनुमति दिनुभएको छ। (भजन १०४:१५; १ कोरिन्थी ६:१०) परमेश्वरका नियमहरूले हाम्रा कामहरूलाई मात्र होइन हाम्रो विचारलाई पनि नियन्त्रणमा राख्न सिकाएर हामीलाई लाभ पुऱ्याउँछन्‌। (भजन ११९:९७-१००) त्यसो भन्दैमा साँचो ख्रीष्टियनहरूले आफ्नो फाइदा हुने भएकोले मात्र परमेश्वरको स्तर पालन गरेका होइनन्‌। यहोवाको आदर गर्न तिनीहरू परमेश्वरको स्तर पालन गर्छन्‌।मत्ती ५:१४-१६ पढ्नुहोस्।

 

अझ बढी सिक्नुहोस्

परमेश्वरलाई मन पर्ने तरिकामा जीवन बिताउनुहोस्

परमेश्वरलाई मन पर्ने तरिकामा जीवन बिताउन सम्भव छ। वास्तवमा हामी उहाँको साथी बन्न सक्छौं।

जीवनप्रति परमेश्वरको जस्तै दृष्टिकोण राख्नुहोस्

गर्भपतन, रगत लिने-दिने र जनावरको जीवनप्रति परमेश्वर कस्तो दृष्टिकोण राख्नुहुन्छ?

बाइबल अध्ययनको अनुरोध

आफूलाई पायक पर्ने समय र ठाउँमा बाइबलबारे निश्शुल्क सिक्नुहोस्।