अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

परमेश्वरको राज्य के हो?

परमेश्वरको राज्य के हो?

तपाईं के भन्नुहुन्छ?

  • कथा?

  • स्वर्गीय सरकार?

  • अरू केही?

 पवित्र शास्त्र के भन्छ?

“स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन।”—दानियल २:४४, पवित्र बाइबल।

“हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको हातमा हुनेछ।”—यशैया ९:६.

तपाईंको लागि यसको अर्थ?

  • यो असल सरकारले तपाईंलाई प्रत्यक्ष रूपमा फाइदा पुऱ्याउँछ।—यशैया ४८:१७, १८.

  • आउँदै गरेको नयाँ संसारमा तपाईंको जीवन त्रुटिरहित र आनन्दमय हुनेछ।—प्रकाश २१:३, ४.

 के पवित्र शास्त्रमा विश्वास गर्न सकिन्छ?

अवश्य। कम्तीमा दुइटा कारण विचार गर्नुहोस्:

  • परमेश्वरको राज्यले के-के गर्नेछ भनेर येशूले देखाउनुभयो। येशूले आफ्ना चेलाहरूलाई परमेश्वरको राज्य आओस् र उहाँको इच्छा पृथ्वीमा पनि पूरा होस् भनेर प्रार्थना गर्न सिकाउनुभयो। (मत्ती ६:९, १०) अनि उक्त प्रार्थनाको जवाफ कसरी दिइनेछ, त्यो पनि येशूले देखाउनुभयो।

    पृथ्वीमा छँदा येशूले भोकाहरूलाई खुवाउनुभयो, बिरामीहरूलाई निको पार्नुभयो र मरेकाहरूलाई फेरि जीवित पार्नुभयो! (मत्ती १५:२९-३८; यूहन्ना ११:३८-४४) येशू परमेश्वरको राज्यको भावी राजा भएकोले त्यस राज्यले प्रजाको लागि के-के गर्नेछ भनेर उहाँले मन छुने तरिकामा देखाउनुभयो।—प्रकाश ११:१५.

  • संसारमा भइरहेका घटना विचार गर्दा परमेश्वरको राज्य चाँडै आउनेछ भनेर पक्का हुन सक्छौं। परमेश्वरको राज्यले पृथ्वीमा शान्ति ल्याउनुअघि यस संसारमा युद्ध र अनिकाल हुनेछन्‌, भुइँचालो जानेछन्‌ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो।—मत्ती २४:३, ७.

    संसारमा अहिले यस्तै भइरहेको छ। त्यसैले यस्ता सबै समस्यालाई परमेश्वरको राज्यले चाँडै निर्मूल पार्नेछ भनेर हामी ढुक्क हुन सक्छौं।

 यसबारे सोच्नुहोस्

परमेश्वरको राज्यमा हाम्रो जीवन कस्तो हुनेछ?

भजन ३७:२९ र यशैया ६५:२१-२३ मा पवित्र शास्त्रले यस प्रश्नको जवाफ दिएको छ।

अझ बढी सिक्नुहोस्

पृथ्वीमा कसरी शान्ति छाउँछ?

परमेश्वरले आफ्नो राज्यमार्फत पृथ्वीमा कसरी शान्ति ल्याउनुहुनेछ, थाह पाउनुहोस्।

पृथ्वीको लागि परमेश्वरको उद्देश्य के हो?

परमेश्वरले किन पृथ्वी सृष्टि गर्नुभयो, दुःखकष्टको अन्त कहिले हुन्छ, पृथ्वीको भविष्य कस्तो छ अनि त्यहाँ को-को बस्न पाउनेछन्‌? बाइबलले यी प्रश्नहरूको जवाफ दिन्छ।