अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कहिल्यै दुःखकष्टको अन्त होला?

कहिल्यै दुःखकष्टको अन्त होला?

तपाईं के भन्नुहुन्छ?

  • हुन्छ।

  • हुँदैन।

  • खै, थाह छैन।

 पवित्र शास्त्र के भन्छ?

“परमेश्वर[ले] . . . तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ।”—प्रकाश २१:३, ४, नयाँ संसार अनुवाद।

तपाईंको लागि यसको अर्थ?

परमेश्वरले गर्दा हामीले समस्याहरू भोगिरहेका होइनौं भन्ने सान्त्वना।—याकूब १:१३.

दुःख भोग्दा हाम्रो पीडा परमेश्वर बुझ्नुहुन्छ भन्ने भरोसा।—जकरिया २:८.

सबै दुःखकष्टको अन्त हुन्छ भन्ने आशा।—भजन ३७:९-११.

 के पवित्र शास्त्रमा विश्वास गर्न सकिन्छ?

अवश्य। कम्तीमा दुइटा कारण विचार गर्नुहोस्:

  • परमेश्वर दुःखकष्ट र अन्याय पटक्कै मन पराउनुहुन्न। प्राचीन समयमा आफ्ना मानिसहरूले अन्याय भोग्दा यहोवा परमेश्वरले कस्तो महसुस गर्नुभयो, विचार गर्नुहोस्। तिनीहरू “अत्याचारमा पर्दा” उहाँ धेरै दुःखी हुनुभयो भनी पवित्र शास्त्र बताउँछ।—न्यायकर्त्ता २:१८, पवित्र बाइबल।

    अरूलाई हानि पुऱ्याउनेहरूलाई परमेश्वर पटक्कै मन पराउनुहुन्न। उदाहरणको लागि “निर्दोष रगत बगाउने हात”-लाई उहाँ घृणा गर्नुहुन्छ भनी पवित्र शास्त्र बताउँछ।—हितोपदेश ६:१६, १७.

  • परमेश्वर हामी सबैको ख्याल राख्नुहुन्छ। हामीले भोग्ने “दुःख वा कष्ट” यहोवा परमेश्वरलाई पनि थाह छ।२ इतिहास ६:२९, ३०.

यहोवाले चाँडै आफ्नो राज्यमार्फत सबैको दुःखकष्ट हटाउनुहुनेछ। (मत्ती ६:९, १०) त्यतिन्जेल मनदेखि परमेश्वरको खोजी गर्नेहरूलाई उहाँ मायालुपूर्वक सान्त्वना दिनुहुन्छ।—प्रेषित १७:२७; २ कोरिन्थी १:३, ४.

 यसबारे सोच्नुहोस्

परमेश्वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

रोमी ५:१२ र २ पत्रुस ३:९ मा पवित्र शास्त्रले यस प्रश्नको जवाफ दिएको छ।

अझ बढी सिक्नुहोस्

परमेश्वरले दुष्टता र दुःखकष्ट किन रहिरहन दिनुभएको छ?

दुष्टता कसरी सुरु भयो अनि परमेश्वरले किन अहिलेसम्म दुःखकष्ट रहिरहन दिनुभएको छ? के कहिल्यै दुःखकष्टको अन्त होला?