अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

छोराछोरीलाई सिकाउनुहोस्

 पाठ १३

अरूलाई मदत गर्ने केटो

अरूलाई मदत गर्ने केटो

अरूलाई मदत गर्न पाउँदा तिमोथी रमाउँथ्यो। उसले टाढा-टाढा गएर अरूलाई मदत गऱ्यो। उसको जीवन धेरै रमाइलो थियो। अब तिमोथीको कथा सुन्ने हो त?—

तिमोथीलाई आमा र हजुरआमाले यहोवाको कुरा सिकाए

तिमोथी लिस्त्रा भन्ने सहरमा हुर्कियो। सानो छँदादेखिनै तिमोथीकी आमा र हजुरआमाले उसलाई यहोवाको कुरा सिकाए। ठूलो हुँदै जाँदा तिमोथीले अरूलाई पनि यहोवाको कुरा भन्न थाल्यो।

पावलले तिमोथीलाई ‘टाढा प्रचार गर्न म सँगै हिंड न बाबु’ भन्यो। त्यतिखेर तिमोथी जवानै थियो। तिमोथीले पनि “हुन्छ नि, म जान्छु” भन्यो। तिमोथी टाढा-टाढा गएर अरूलाई मदत गर्न चाहन्थ्यो।

तिमोथी पावलसँगै थिस्सलोनिका भन्ने सहरमा गयो। त्यो सहर म्यासिडोनियामा पर्थ्यो। त्यहाँ पुग्न तिनीहरू धेरै दिन हिंडे र डुङ्गा पनि चढे। अन्तमा तिनीहरू थिस्सलोनिका पुगे। त्यहाँ पुगेपछि  तिनीहरूले धेरै मानिसहरूलाई यहोवा परमेश्वरको कुरा सिकाए। तर त्यहाँका केही मानिसहरू पावल र तिमोथीसँग रिसाए र तिनीहरूलाई कुट्न खोजे। त्यसैले पावल र तिमोथी त्यहाँबाट अन्तै गएर प्रचार गर्न थाले।

तिमोथीको जीवन रमाइलो थियो

केही महिनापछि पावलले तिमोथीलाई भन्यो, ‘तिमोथी, थिस्सलोनिकामा फेरि जाऊ र त्यहाँ हाम्रा भाइबहिनीहरूको हालखबर बुझेर आऊ!’ पहिला मानिसहरूले कुट्न खोजेको त्यो सहरमा फेरि जाने? कत्ति डर लाग्छ नि, होइन र? तर तिमोथी थिस्सलोनिकामा भएका भाइबहिनीलाई धेरै माया गर्थ्यो। त्यसैले ऊ नडराईकन गयो। थिस्सलोनिकामा भएका भाइबहिनीहरूले धेरै राम्ररी यहोवाको सेवा गर्दै थिए। त्यहाँबाट फर्केर तिमोथीले पावललाई राम्रो खबर सुनायो।

तिमोथीले धेरै वर्षसम्म पावलसँगै काम गऱ्यो। तिमोथी यहोवालाई र मानिसहरूलाई पनि धेरै माया गर्थ्यो। त्यसैले ‘मण्डलीलाई मदत गर्न तिमोथीलाई पठाउँछु’ भनेर पावलले भन्यो।

तिमी पनि मान्छेहरूलाई माया गर्छौ? अनि यहोवाको कुरा सिकाउँछौ?— तिमीले अरूलाई माया गऱ्यौ र यहोवाको कुरा सिकायौ भने तिमोथीजस्तै तिमी पनि खुसी हुनेछौ र तिम्रो जीवन पनि रमाइलो हुनेछ।