अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा अप्रिल २०१५

बाइबल प्रश्नहरूको जवाफ

बाइबल प्रश्नहरूको जवाफ

मानवजातिको भविष्य कस्तो छ?

एकअर्काको चासो राख्ने मानवसमाज निर्माण गर्न येशूको मृत्युले कसरी सम्भव तुल्याएको छ?

मानिसहरूले दिनप्रतिदिन वैज्ञानिक प्रगति गर्दै जानेछन्‌ भन्ने कुरामा कुनै शङ्का छैन। तर के तिनीहरूले एक आपसमा गहिरो चासो राख्ने मानवसमाजको निर्माण गर्न सक्नेछन्‌ त? छैनन्‌। यो संसार लोभ र स्वार्थमा चुर्लुम्म डुबेको छ। तर ईश्वरले मानिसहरूका लागि एउटा राम्रो उद्देश्य राख्नु भएको छ।२ पत्रुस ३:१३ पढ्नुहोस्।

भविष्यमा विश्वभरिका मानिसहरूले एकअर्कालाई साँच्चै माया गर्ने समय आउनेछ भनेर ईश्वरको वचनमा उल्लेख गरिएको छ।मानिसहरू कुनै डरत्रासमा बाँच्नुपर्ने छैन, तिनीहरू पूर्ण रूपमा सुरक्षित हुनेछन्‌। साथै तिनीहरूलाई कसैले हानिनोक्सानी पुऱ्याउने छैन।मीका ४:३, ४ पढ्नुहोस्।

स्वार्थी झुकावको अन्त कसरी गरिनेछ?

सुरुमा मानिसलाई सृष्टि गरिंदा तिनीहरूमा कुनै पनि स्वार्थी झुकाव थिएन। तर पहिलो मानव अनाज्ञाकारी भएकोले तिनले त्रुटिरहित जीवन गुमाउनु पऱ्यो। त्यसैले हामीमा पनि स्वार्थी झुकाव वंशानुगत रूपमा सऱ्यो। तर ईश्वरले येशूमार्फत मानिसहरूलाई फेरि त्रुटिरहित अवस्थामा पुऱ्याउनुहुनेछ।रोमी ७:२१, २४, २५ पढ्नुहोस्

ईश्वरको इच्छा अनुसारै येशूले फिरौतीको बलिदान दिनुभएर प्रथम मानिसको अनाज्ञाकारीताले ल्याएका असरहरूलाई अन्त गरिदिनुभएको छ। (रोमी ५:१९) यसरी येशूले मानिसजातिका लागि सुन्दर भविष्य सम्भव तुल्याइदिनुभयो। भविष्यमा यो सुन्दर पृथ्वीमा खराब काम गर्ने र स्वार्थी झुकाव भएका कोही पनि मानिस हुनेछैन।भजन ३७:९-११ पढ्नुहोस्।

 

अझ बढी सिक्नुहोस्

पृथ्वीको लागि परमेश्वरको उद्देश्य के हो?

परमेश्वरले किन पृथ्वी सृष्टि गर्नुभयो, दुःखकष्टको अन्त कहिले हुन्छ, पृथ्वीको भविष्य कस्तो छ अनि त्यहाँ को-को बस्न पाउनेछन्‌? बाइबलले यी प्रश्नहरूको जवाफ दिन्छ।

फिरौतीको बलिदान परमेश्वरले दिनुभएको सबैभन्दा अनमोल उपहार

फिरौतीको बलिदान भनेको के हो? तपाईं यसबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?