अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा मार्च २०१५

 हाम्रा पाठकहरू सोध्छन्‌

के इस्टर साँच्चै ख्रीष्टियनहरूको चाड हो?

के इस्टर साँच्चै ख्रीष्टियनहरूको चाड हो?

दी इन्साइक्लोपीडिया ब्रिटानिका-का अनुसार इस्टर “ख्रीष्टियन चर्चहरूको मुख्य चाड हो। यो चाड येशू ख्रीष्ट पुनर्जीवित हुनुभएको उपलक्ष्यमा मनाइन्छ।” तर के यो साँच्चै ख्रीष्टियनहरूको चाड हो?

कुनै पनि कुरा प्रमाणित गर्न त्यसको नालीबेली केलाउनु आवश्यक हुन्छ। त्यसैले इस्टर साँच्चै ख्रीष्टियनहरूको चाड हो कि होइन भनेर पत्ता लगाउन त्यस चाडसित सम्बन्धित सबै जानकारी केलाउनु पर्छ।

पहिलो कुरा त येशूले आफ्ना चेलाहरूलाई उहाँ पुनर्जीवित हुनुभएको दिन नभई उहाँको मृत्युको दिन सम्झना गर्ने आज्ञा दिनुभयो। प्रेषित पावलले येशूको मृत्युको सम्झना गरिने दिनलाई “प्रभुको साँझको भोज” भन्ने नाम दिए।—१ कोरिन्थी ११:२०; लूका २२:१९, २०.

ब्रिटानिका-का अनुसार इस्टरका थुप्रै रीतिथिति “येशूको पुनर्जीवनसित खासै सम्बन्धित छैन। बरु मानिसहरूको परम्परामा आधारित छ।” उदाहरणका लागि इस्टरको प्रतीक अण्डा र खरायोको विषयमा इन्साइक्लोपीडिया अफ रिलिजन-मा यस्तो लेखिएको छ: “मृत्यु पार गरेर नयाँ जीवन पाउने कुरालाई अण्डाले चित्रण गर्छ। खरायोको प्रजनन क्षमता धेरै भएकोले यसले आउन लागेको वसन्त ऋतुलाई चित्रण गर्छ।”

यस्ता चलनहरू कसरी इस्टरको भाग हुन पुगे भन्ने विषयमा युरोपेली इतिहास साहित्यका प्राध्यापक फिलिप वल्टरले यसरी लेखे: “जाडो यामको अन्त र वसन्त ऋतुको सुरुवात”-को अवसरमा मनाइने चाडलाई येशू पुनर्जीवित भएको दिन भनेर मनाइँदा “झूटो धर्मलाई ख्रीष्टियन धर्ममा गाभ्न” सजिलो भयो। साथै यो कदमले झूटो धर्मका चाडहरूलाई “ख्रीष्टियनहरूको चाडको” रूपमा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेल्यो। यसले गर्दा ठूलै जमातलाई धर्म परिवर्तन गराउन सजिलो भयो।

येशूका प्रेषितहरूको समयमा “झूटो धर्मलाई ख्रीष्टियन धर्ममा गाभ्ने” काम भएको थिएन भनेर हामी भन्न सक्छौं। किनभने त्यतिखेर चेलाहरूले झूटो धर्मलाई “रोक्ने काम” गरेका थिए। (२ थिस्सलोनिकी २:७) प्रेषित पावलले पनि आफू “गएपछि . . . टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्ने मानिसहरू” उठ्नेछन्‌ भनेर चेतावनी दिएका थिए। (प्रेषित २०:२९, ३०) प्रथम शताब्दीको अन्ततिर केही मानिसहरूले ख्रीष्टियनहरूलाई बहकाइसकेका थिए भनेर प्रेषित यूहन्नाले लेखेका थिए। (१ यूहन्ना २:१८, २६) यसरी ख्रीष्टियनहरूले झूटा धर्मका रीतिथितिहरू अँगाल्ने क्रम सुरु भयो।

“विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ।”—२ कोरिन्थी ६:१४

तर केही मानिसहरूलाई भने इस्टरका केही रीतिथिति गलत नलाग्न सक्छ। तिनीहरूले यस्तो तर्क गर्न सक्छन्‌: “यस्ता रीतिथितिले ‘झूटा धर्मका’ मानिसहरूलाई येशूको पुनर्जीवनबारे राम्ररी बुझ्न मदत गर्न सक्छ।” तर यस कुरामा पावल पक्कै सहमत हुने थिएनन्‌। रोमी साम्राज्यभरि यात्रा गर्दा झूटा धर्मका रीतिथितिलाई तिनले नियाल्ने मौका पाएको हुनुपर्छ। तैपनि तिनले येशूबारे मानिसहरूलाई राम्ररी बुझाउन कहिल्यै यस्ता प्रचलनहरू अपनाएनन्‌। त्यसको विपरीत तिनले ख्रीष्टियनहरूलाई यस्तो चेतावनी दिए: “विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ, किनकि यस्तो जोडा मिल्दैन। सुकर्म र कुकर्मबीच के मेल? वा अन्धकारसित ज्योतिको के साझेदारी? यहोवा भन्नुहुन्छ: ‘त्यसकारण तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध थोक छुन बन्द गर र म तिमीहरूलाई ग्रहण गर्नेछु।’” —२ कोरिन्थी ६:१४, १७.

यसरी इस्टर पर्वबारे छोटकरीमा जाँचेर हेर्दा हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? इस्टर ख्रीष्टियनहरूको चाड होइन।