अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा फेब्रुअरी २०१५

बाइबल प्रश्नहरूको जवाफ

बाइबल प्रश्नहरूको जवाफ

संसारभर एउटै सरकार सम्भव छ?

एउटै सरकारले कसरी सबै राष्ट्रका मानिसहरूलाई एकतामा बाँध्नेछ? यशैया ३२:१, १७; ५४:१३

कल्पना गर्नुहोस्, संसारभर एउटै सरकार! मानवजातिको लागि यो कत्ति खुसीको कुरा हो। अहिले धेरै मानिस गरिब भएकोले दुःखकष्ट भोगिरहेका छन्‌। अर्कोतिर केही मानिसहरू भने धेरै धनी छन्‌। तर मानिसहरूको वास्तविक अवस्था बुझ्ने सरकारले सबैको आवश्यकता पूरा गर्न सक्छ। मानिसहरूले यस्तो सरकार कहिल्यै ल्याउन सक्ला?यर्मिया १०:२३ पढ्नुहोस्।

इतिहासका पाना पल्टाउने हो भने मानव सरकारहरू आफ्ना प्रजाको राम्रो हेरचाह गर्न चुकेका छन्‌, अझ विशेषगरि गरिबहरूको। केही सरकारहरू भने निर्दयी छन्‌। (उपदेशक ४:१; ८:९) तर सर्वशक्तिमान्‌ परमेश्वरले सबै मानव सरकारलाई हटाएर त्यसको ठाउँमा आफ्नो सरकार स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको छ। त्यस सरकारको शासकले मानिसहरूको साँच्चै ख्याल राख्नेछ।यशैया ११:४; दानियल २:४४ पढ्नुहोस्।

परमेश्वरको राज्यले के हासिल गर्नेछ?

यहोवा परमेश्वरले एक असल शासक येशू ख्रीष्टलाई छान्नुभएको छ। (लूका १:३१-३३) पृथ्वीमा हुनुहुँदा येशू मानिसहरूलाई मदत गर्न इच्छुक हुनुभयो। राजाको रूपमा उहाँले सबै राष्ट्रका मानिसहरूलाई एकतामा बाँध्नुहुनेछ र दुःखकष्टबाट छुटकारा दिनुहुनेछ।भजन ७२:८, १२-१४ पढ्नुहोस्।

के सबैले येशूलाई शासकको रूपमा स्वीकार्नेछन्‌? अहँ, स्वीकार्ने छैनन्‌। तर यहोवा धीरजी हुनुहुन्छ। (२ पत्रुस ३:९) येशूलाई शासकको रूपमा स्वीकार्ने मौका उहाँले मानिसहरूलाई दिइरहनु भएको छ। येशूले चाँडै खराब मानिसहरूलाई यस पृथ्वीबाट हटाउनुहुनेछ र संसारभर शान्ति र सुरक्षा ल्याउनुहुनेछ।मीका ४:३, ४ पढ्नुहोस्।

 

अझ बढी सिक्नुहोस्

परमेश्वरको राज्य के हो?

थुप्रैलाई प्रभुको प्रार्थनाबारे थाह छ। यस वाक्यको अर्थ के हो: “तपाईंको राज्य आओस्।”