अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा जुलाई २०१४

के तपाईंलाई थाह थियो?

के तपाईंलाई थाह थियो?

प्राचीन समयमा जहाज निर्माण गर्नेहरूले जहाजमा पानी नछिरोस् भनेर के गर्थे?

पुराना जहाजहरूको विशेषज्ञ लायोनेल क्यासनले रोमी समयमा मानिसहरूले जहाजमा पानी छिर्न नदिन के गर्थे भनेर बताउँछन्‌। जहाज निर्माण गर्दा पहिले काठका फल्याकहरू बिछ्याइन्थ्यो र ती फल्याकहरूबीचको प्वाल टालिन्थ्यो। त्यसपछि “प्वालहरूका साथै जहाजको बाहिरी र भित्री भाग पूरै अलकत्रा [बिटुमिन] वा अलकत्रा र मैन मिसाएर लिप्ने गरिन्थ्यो।” रोमीहरूको समयभन्दा धेरै अघि अक्काडीहरू र बेबिलोनीहरूले पनि जहाजमा पानी नछिरोस् भनेर अलकत्राले लिप्ने गर्थे।

यस्तो तरल अलकत्रा बाइबलकालीन समयका देशहरूमा प्रशस्तै पाइन्थ्यो

यस्तै किसिमको प्रक्रियाबारे बाइबलको उत्पत्ति ६:१४ मा उल्लेख गरिएको पाइन्छ। यस पदमा उल्लेख गरिएको अलकत्रा अर्थात्‌ बिटुमिन प्रकृतिमा पाइने एक किसिमको पेट्रोलियम पदार्थ हो।

प्राकृतिक अलकत्रा तरल र ठोस दुवै किसिमका हुन्छन्‌। पुरातन समयमा जहाज बनाउनेहरूले चाहिं तरल अलकत्रा जहाजमा लिप्ने गर्थे। अलकत्रा लिपेपछि त्यो सुक्छ अनि कडा पत्र बन्छ। यही पत्रले पानी छिर्न दिंदैन।

बाइबलकालीन समयका देशहरूमा अलकत्रा प्रशस्तै पाइन्थ्यो। मृत सागरको वरपर रहेको सिद्दीमको बेसी “अलकत्राको धापले भरिएको थियो।”—उत्प. १४:१०.

प्राचीन समयमा माछालाई कुहिन नदिन के गरिन्थ्यो?

धेरै पहिलेदेखि मानिसहरूले माछा एउटा महत्त्वपूर्ण परिकारको रूपमा खाँदै आएका छन्‌। येशूसँग हिंड्नु अघि उहाँका केही चेलाहरू गालीलको समुद्रमा माछा मार्ने काम गर्थे। (मत्ती ४:१८-२२) त्यहाँका जलारीहरूले पक्रेका केही माछा छुट्टयाएर नजिकै रहेको “कारखानामा” लगेर तयार पार्थे।

पुरातन समयका मिश्री जलारीहरू (काठमा कुँदिएको चित्र)

प्राचीन समयको गालीलमा माछालाई कुहिन नदिन चलाइने तरिका अहिले पनि कुनै-कुनै ठाउँमा चलाइन्छ। पहिला माछाको आन्द्राभुँडी निकालेर सफा गरिन्थ्यो। एउटा किताबअनुसार * त्यसपछि “माछाको गिल्स, मुख अनि कत्लामा समुद्री नुन दलिन्थ्यो। नुन र माछालाई तह-तह मिलाएर राखिन्थ्यो। त्यसलाई गुन्द्रीले बेहेरेर तीनदेखि पाँचदिनसम्म सुकाइन्थ्यो। त्यसपछि नुन र माछाको त्यो चाङलाई पल्टाएर फेरि त्यति नै दिनसम्म सुकाइन्थ्यो। यसो गर्दा माछाको शरीरबाट झोल पदार्थ बाहिर निस्कन्छ अनि नुन चाहिं माछाको शरीरभित्र छिर्छ। त्यसपछि माछा सुक्खा अनि कडा हुन्छ।”

यसो गर्दा माछा कति दिनसम्म कुहिदैन थियो भनेर पत्ता लागेको छैन। तर पुरातन समयमा मिश्रीहरूले यसरी तयार पारेको माछालाई सिरिया भन्ने देशसम्मै निर्यात गर्थे। पक्कै पनि, माछालाई कुहिन नदिन तिनीहरूले चलाउने तरिका भरपर्दो थियो।

^ अनु. 9 Studies in Ancient Technology