अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा जून २०१४

 आवरण लेख | धूम्रपानप्रति ईश्वरको दृष्टिकोण

विश्वव्यापी महामारी

विश्वव्यापी महामारी

धूम्रपान निर्दयी हत्यारा हो।

  • यसले बितेको सय वर्षमा १०,००,००,००० मानिसको ज्यान लियो।

  • यसले गर्दा वर्षेनी लगभग ६०,००,००० मानिसको मृत्यु हुने गर्छ।

  • औसतमा भन्नुपर्दा यसले प्रत्येक ६ सेकेन्डमा एक जनाको ज्यान लिन्छ।

यस्तो अवस्था सुध्रिने कुनै छाँटकाँट देखिंदैन।

धूम्रपान गर्ने प्रवृत्ति यसरी नै चलिरहने हो भने सन्‌ २०३० सम्ममा वर्षेनी ८०,००,००० भन्दा धेरैको मृत्यु हुने अनुमान सरकारी स्रोतहरूले गरेका छन्‌। सोही स्रोतअनुसार २१ औं शताब्दीको अन्तसम्ममा १,००,००,००,००० मानिसको ज्यान जाने अनुमान गरिएको छ।

धूम्रपानले सेवन गर्नेहरूलाई मात्र होइन, अरूलाई पनि असर गर्छ। जस्तै, चुरोट खाने व्यक्तिले गर्दा परिवारका अरू सदस्यले भावनात्मक र आर्थिक क्षति भोग्छन्‌। चुरोटको धुवाँले गर्दा हरेक वर्ष ६,००,००० चुरोट नखाने व्यक्तिको ज्यान जाने गर्छ। साथै चुरोट खाने र नखाने दुवैले उपचारको लागि ठूलो रकम खर्च गरिरहनुपरेको छ।

कुनै महामारीको उपचार पत्ता लगाउन डाक्टरहरू मरिमेट्छन्‌। तर धूम्रपानको महामारी रोक्न त्यस्तो केही गर्नुपर्दैन। किनभने यो महामारी रोक्ने तरिका सबैलाई थाह छ। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डाक्टर मार्गरेट चेनले यसो भने: “सुर्तीजन्य पदार्थको महामारी मानिस आफैले निम्त्याएको समस्या हो। सरकार र नागरिक समाज हातेमालो गर्दै अघि बढ्ने हो भने यसको रोकथाम गर्न सकिन्छ।”

यो महामारीविरुद्ध लड्न अन्तरराष्ट्रिय समुदायले गरेको प्रयास उल्लेखनीय छ। सन्‌ २०१२, अगस्तमा लगभग १७५ राष्ट्रले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न ठोस कदम चाल्ने निर्णय गरे। * तैपनि सुर्तीजन्य पदार्थको उद्योगको विज्ञापन र त्यसको लतले गर्दा यो महामारीको रोकथाम गर्न सकिएको छैन। हरेक वर्ष यस्ता उद्योगहरूले नयाँ ग्राहकहरू, विशेषगरि विकासोन्मुख मुलुकका महिला तथा युवाहरूलाई आकर्षित गर्न अरबौं डलर विज्ञापनमा खर्च गर्छन्‌। धूम्रपान गर्ने लत बसिसकेका एक अरबमध्ये धेरैजसोको मृत्युको कारण सुर्तीजन्य पदार्थको सेवन नै हो। यदि धूम्रपान गर्नेहरूले आफ्नो बानी नसुधार्ने हो भने आउँदो ४० वर्षसम्ममा मृत्युदर ह्वात्तै बढ्नेछ।

धूम्रपानको विज्ञापन र लतले गर्दा थुप्रैले इच्छा हुँदाहुँदै पनि यसबाट उम्कन सकेका छैनन्‌। यस्तै अनुभव गरेकी नाओकोको उदाहरण विचार गर्नुहोस्। तिनले किशोरावस्थादेखि चुरोट खान थालिन्‌। सञ्चार माध्यममा जस्तो देखायो, त्यस्तै सिको गर्दा तिनलाई निकै आनन्द लाग्थ्यो। आमाबुबाको मृत्यु फोक्सोको क्यान्सरले गर्दा भएको हो भनेर तिनलाई थाह थियो। अनि चुरोटको धुँवाले आफ्नी दुई साना छोरीलाई असर गर्छ भनेर पनि थाह थियो। तैपनि तिनले चुरोट खान छोडिनन्‌। तिनी भन्छिन्‌, “मलाई फोक्सोको क्यान्सर होला कि भन्ने डर त थियो। अनि छोरीहरूको स्वास्थ्यको पनि चिन्ता थियो। तैपनि चुरोट छोड्नै सकिनँ। यो बानी कहिल्यै त्याग्न सक्दिनँ जस्तो लाग्थ्यो।”

तर नाओको यस्तो कुलत छोड्न सफल भइन्‌। लाखौं मानिसलाई चुरोट खाने कुलत छोड्न जुन कुराले मदत गऱ्यो, तिनलाई पनि त्यही कुराले मदत गऱ्यो। त्यो कुरा के हो? यसपछिको लेख पढ्नुहोस्।

^ अनु. 11 यस कदममा धूम्रपानको खतराबारे मानिसहरूलाई सचेत गराउने, सुर्तीजन्य पदार्थको प्रचारप्रसारमा रोक लगाउने, कर बढाउने र धूम्रपान छोड्न मदत गर्ने कार्यक्रमहरू आयोजना गर्ने आदि पर्छन्‌।