सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा  |  अप्रिल २०१४

के तपाईंलाई थाह थियो?

के तपाईंलाई थाह थियो?

रोमीहरूको समयमा दासहरूको जीवन कस्तो थियो?

रोमी दासहरूले लगाउने अक्षर कुँदिएको माला

रोमीहरूको पालामा थुप्रैलाई दास बनाइएको थियो। युद्धमा हराएर वा अपहरण गरेर मानिसहरूलाई बन्दी बनाइन्थ्यो अनि बेचिन्थ्यो। यसरी बेचिएकाहरूले आफ्नो घरपरिवारको मुख कहिल्यै देख्न पाउँदैनथे।

धेरैजसो दासले आफ्नो ज्यान दाउमा हालेर खानीमा काम गर्नुपर्थ्यो। तिनीहरूको भन्दा गोठालो वा खेतीपाती गर्ने दासहरूको जीवन राम्रो थियो। ती दासहरूलाई फलामको माला लगाइदिने चलन थियो। तिनीहरूको मालामा यस्तो वाक्य कुँदिएको हुन्थ्यो: ‘यिनलाई फर्काउनुभयो भने इनाम पाउनुहुनेछ।’ धेरैचोटि भाग्न खोज्ने दासको निधारमा चाहिं अङ्ग्रेजी अक्षर F वा fugitivus (भगुवा) भन्ने छाप लगाइदिने चलन थियो।

बाइबलको एउटा पुस्तक फिलेमोनमा ओनेसिमस दासबारे चर्चा गरिएको छ। तिनी आफ्नो मालिक फिलेमोनको घरबाट भागेका थिए तर पावलले फेरि ओनेसिमसलाई फिलेमोनकहाँ नै फर्काउन खोज्दैथिए। हुन त फिलेमोनले आफ्नो दासलाई कडाभन्दा कडा सजाय दिन सक्थे तर पावलले तिनलाई यसो भने: ‘तिम्रो दास ओनेसिमसलाई माया गरेर स्वागत गर।’ हो, फिलेमोनले ओनेसिमसलाई प्रेम देखाउनुपर्थ्यो र मित्रको रूपमा स्वीकार्नुपर्थ्यो।—फिलेमोन १०, ११, १५-१८.

पुरातन समयमा बैजनी रङ्गको लागि फोनिसिया किन लोकप्रिय थियो?

फोनिसिया भन्ने ठाउँ अहिलेको लेबनान भन्ने देशभित्रै पर्थ्यो। फोनिसिया सहर टायरि­यन बैजनी रङ्गको लागि प्रख्यात थियो। लेबनानको टायर भन्ने सहरको नामबाटै यो रङ्गको नाम टायरियन बैजनी रङ्ग हुन पुग्यो। इस्राएलका धेरै अघिका राजा सुलेमानले आफ्नो मन्दिर ‘बैजनी धागो’-ले सजाएका थिए। त्यो धागो टायरका शिल्पकारीले बनाएका थिए।२ इतिहास २:१३, १४.

टायरियन बैजनी रङ्ग निकाल्ने काम चानचुने थिएन; निकै मेहनत गर्नुपर्थ्यो। त्यसैले यो रङ्गका वस्तुहरू एकदमै महँगो पर्थ्यो। यो रङ्ग म्युरेक्स * नामको शङ्खेकीराबाट निकालिन्थ्यो। त्यसैले सुरुमा माझीहरूले समुद्रबाट थुप्रै शङ्खेकीरा बटुल्नुपर्थ्यो। एउटा कपडा रङ्गाउन मात्र पनि १२,००० भन्दा धेरै शङ्खेकीरा बटुल्नुपर्थ्यो। त्यसपछि त्यो शङ्खेकीराको शङ्ख निकालिन्थ्यो। अनि कीराको शरीरको एउटा सानो भाग (रङ्ग निकाल्ने ग्रन्थी) निकालिन्थ्यो। अनि त्यसलाई नुनसित मिसाएर घाम लाग्ने खुला ठाउँमा तीन दिनसम्म सुकाइन्थ्यो। त्यसपछि बिर्को भएको ठूलो भाँडोमा सङ्कलन गरिन्थ्यो र समुद्रको पानी मिसाएर सानो आँचमा नउम्लेसम्म केही दिन तताइन्थ्यो।

फोनिसियाका मानिसहरूले ठाउँ-ठाउँमा आफ्नो उत्पादन निर्यात गरेर अनि विभिन्न ठाउँमा बसाइँ सरेर सयौं वर्षसम्म टायरियन बैजनी रङ्ग उत्पादन गरिरहे र यसको व्यापारलाई विस्तार गरे। बैजनी रङ्ग लगाइका अवशेषहरू भूमध्य सागरदेखि लिएर निकै टाढाको पश्‍चिमी इलाकामा अर्थात्‌ स्पेनको काडिससम्म भेटिएको छ।

^ अनु. 8 तिनीहरूको शङ्ख दुईदेखि तीन इन्च (५-८ सेन्टिमिटर) लामो हुन्छ।