अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा मार्च २०१४

 आवरण लेख | भगवान्‌ले तपाईंको लागि के गर्नुभएको छ?

तपाईंले छुटाउन नहुने दिन

तपाईंले छुटाउन नहुने दिन

आफू मारिनुअघिको रात येशूले आफ्ना वफादार चेलाहरूलाई एउटा उत्सव मनाउने आज्ञा दिनुभयो। तिनीहरूले त्यो उत्सव येशू ख्रीष्टले चढाउनुभएको बलिदानको सम्झना गर्न मनाउनुपर्थ्यो। त्यस दिनलाई अन्तिम रात्रिभोज वा प्रभुको साँझको भोज भनिन्छ। आफ्ना चेलाहरूसित त्यो उत्सव मनाउँदा येशूले अखमिरा रोटी र रातो दाखमद्य प्रयोग गर्नुभएको थियो। अनि तिनीहरूलाई यस्तो आज्ञा दिनुभएको थियो: “मेरो सम्झनामा यो गर्नेगर।”—लूका २२:१९.

त्यसैले आज पनि हरेक वर्ष विश्वभरिका यहोवाका साक्षीहरू येशू ख्रीष्टको मृत्युको सम्झना गर्न विभिन्न ठाउँमा भेला हुन्छन्‌। यसपालि चाहिं सन्‌ २०१४, अप्रिल १४, सोमबारको सूर्यास्तपछि त्यो उत्सव मनाइनेछ।

तपाईंलाई पनि त्यो उत्सवमा उपस्थित हुन हामी हार्दिक निमन्त्रणा दिन चाहन्छौं। येशू ख्रीष्टले आफ्नो जीवन किन बलिदान दिनुभयो भन्ने विषयमा तपाईंले त्यस दिन अझै राम्रोसित बुझ्नुहुनेछ। त्यस दिन उपस्थित हुन तपाईंले कुनै शुल्क तिर्नुपर्दैन। चन्दा पनि उठाइनेछैन। तपाईंले यो पत्रिका जुन व्यक्तिको हातबाट लिनुभएको हो, तिनले नै तपाईंलाई यो उत्सव स्थानीय तवरमा कहाँ मनाइँदैछ भनेर बताउन सक्छन्‌। अन्यथा हाम्रो वेब साइट jw.org मा पनि हेर्न सक्नुहुन्छ। कृपया आवश्यक जानकारी टिप्नुहोस्। आशा छ, तपाईंले यो दिन छुटाउनुहुनेछैन।

अझ बढी सिक्नुहोस्

येशूको मृत्युको स्मरणार्थ

येशूको मृत्युको वार्षिकी मनाउन हामी तपाईंहरूलाई निम्तो दिन चाहन्छौं। येशूको मृत्युले तपाईं र तपाईंको परिवारलाई कस्तो लाभ पुऱ्याउँछ त्यस दिनको कार्यक्रममा उपस्थित भएर सिक्नुहोस्