सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

ब्यूँझनुहोस्!  |  सङ्ख्या ४ २०१६

अद्‌भुत तत्त्व

अद्‌भुत तत्त्व

नेचर्स बिल्डिङ ब्लक्स भन्ने अङ्‌ग्रेजी किताबमा यस्तो लेखिएको छ: “जीवन सम्भव हुनको लागि कार्बन जत्तिको महत्त्वपूर्ण तत्त्व अरू कुनै छैन।” कार्बनमा भएका उल्लेखनीय विशेषताहरूले गर्दा यो अर्को कार्बनसित अनि अरू रासायनिक तत्त्वहरूसित टाँसिन सक्छ। यसरी टाँसिएर लाखौं यौगिक (कम्पाउन्ड) बन्छन्‌। यस्ता थुप्रै यौगिक अहिले पनि पत्ता लाग्दै छन्‌ अनि वैज्ञानिकहरूले पनि कृत्रिम यौगिकहरू बनाइरहेका छन्‌।

कार्बन साँच्चै अद्‌भुत छ! यसका परमाणुहरू मिलेर विभिन्न आकार जस्तै: सिक्री, पिरामिड, गोलाकार, पत्र र नली बन्न सक्छ। यसका केही उदाहरण तल दिइएका छन्‌। (g16-E No. 5)

हिरा

हिरामा कार्बनका परमाणुहरू मिलेर बनेको टेट्राहिड्रोन भन्ने पिरामिडहरू हुन्छन्‌। टेट्राहिड्रोनको संरचना असाध्यै बलियो हुन्छ। त्यसैले हिरालाई प्रकृतिमा पाइने सबैभन्दा कडा तत्त्व मानिन्छ। शुद्ध हिरा कार्बनको एउटा मात्र अणुबाट बनेको हुन्छ।

ग्राफाइट

ग्राफाइटमा एकअर्कासित कसिलो गरी जोडिएका कार्बनका परमाणुहरू पत्र–पत्र गरी एकमाथि अर्को गर्दै खप्टिएर बसेका हुन्छन्‌। तर यी पत्रहरूको जोडाइ भने कमजोर हुन्छ। जसले गर्दा यी पत्रहरू चाङमा राखिएको कागजजस्तै सजिलै चिप्लन सक्छ। यस्ता विशेषताहरूले गर्दा ग्राफाइट चिल्लो पार्ने पदार्थ र सिसाकलमको मुख्य यौगिक बन्न गएको छ। *

ग्राफिन

ग्राफिनमा कार्बनका परमाणुहरू षड्‌भुज आकारका हुन्छन्‌। यी षड्‌भुजहरू मिलेर जालीजस्तो एउटा पत्र बनेको हुन्छ। ग्राफिनको भार खप्ने क्षमता स्टिलको भन्दा कैयौं गुणा धेरै हुन्छ। सिसाकलमले कोरेको ठाउँमा एक पत्र वा सोभन्दा धेरै पत्र ग्राफिन हुन्छ तर थोरै मात्रामा।

 फुलरिन

फुलरिन कार्बनका खोक्रा अणुहरू मिलेर बनेको हुन्छ। यो विभिन्न आकारमा पाइन्छ। जस्तै, सूक्ष्म बल र नली। नली आकारको फुलरिनलाई नानोट्युब भनिन्छ। यसलाई नानोमिटरमा (एक मिटरको १ अरब भाग) नापिन्छ।

वनस्पति र जीवित प्राणी

थुप्रै कोष मिलेर वनस्पति, जीवजन्तु र मानिस बन्छ। हरेक कोषमा कार्बोहाइड्रेट, चिल्लो र एमिनो एसिड हुन्छ। यी तीनै वटा कुरा बन्न कार्बन चाहिन्छ।

“[परमेश्वरका] अदृश्य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिंदै आएका छन्‌।”—रोमी १:२०.

^ अनु. 7 जुलाई २००७ को ब्यूँझनुहोस्!-मा “सीसाकलम छ?” भन्ने लेख हेर्नुहोस्।