प्रहरीधरहरा—अध्ययन संस्करण मे २०१७

यस अङ्‌कमा जुलाई ३-३०, २०१७ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

“विदेशीहरूलाई” “आनन्दसाथ परमप्रभुको सेवा” गर्न मदत गर्नुहोस्

यहोवाको बारेमा थाह नपाएका शरणार्थीहरूलाई प्रचार गर्दा कस्ता कुराहरूमा विचार पुऱ्याउनुपर्छ?

“विदेशीहरू”-का छोराछोरीलाई मदत गर्नुहोस्

तपाईं आप्रवासी हुनुहुन्छ भने आफ्नो छोराछोरीलाई यहोवाबारे सिक्न कसरी मदत गर्न सक्नुहुन्छ? अनि अरूले कसरी मदत गर्न सक्छन्‌?

जीवनी

बहिरा भए पनि अरूलाई सिकाउन पछि हटिनँ

वाल्टर मार्किन सुन्न सक्दैनन्‌ तर तिनले यहोवाको सेवामा आनन्दित जीवन बिताउन सकेका छन्‌ अनि थुप्रै आशिष्‌ पाएका छन्‌।

आफ्नो प्रेम सेलाउन नदिनुहोस्

प्रथम शताब्दीका केही ख्रीष्टियनले सुरुको प्रेम सेलाउन दिए। यहोवाप्रतिको प्रेम बलियो बनाइराख्न हामीलाई कुन कुराले मदत गर्छ?

“के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?”

कुन कुरालाई पहिलो स्थान दिने भन्ने सन्दर्भमा येशूले पत्रुसलाई महत्त्वपूर्ण पाठ सिकाउनुभयो। हामी त्यो पाठ कसरी जीवनमा लागू गर्न सक्छौं?

गायसले आफ्ना भाइहरूलाई कसरी मदत गरे?

गायस को थिए अनि हामीले किन तिनको उदाहरण अनुकरण गर्नुपर्छ?

सरल जीवन बिताउँदा पाइने आनन्द

एउटा दम्पतीलाई आफ्नो जीवन सरल बनाउन केले उत्प्रेरित गऱ्यो? तिनीहरूले कसरी यसो गरे? अनि तिनीहरूको निर्णयले गर्दा तिनीहरूले कस्ता आशिष्‌ पाए?

हाम्रो अभिलेखालयबाट

‘अझ जोसिलो र प्रेमले ओतप्रोत भयौं’

सन्‌ १९२२ मा सिडार प्वाइन्ट, ओहायोमा भएको अधिवेशनमा ‘राजा र उहाँको राज्यको विज्ञापन गर्न’ दिइएको सल्लाह बाइबल विद्यार्थीहरूले कसरी लागू गरे?