अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जुलाई २०१६

एरिक र एमी

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—घाना

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—घाना

प्रचारकहरूको आवश्यकता धेरै भएको देशमा सरेका दाजुभाइ दिदीबहिनीलाई चिन्नुभएको छ? छ भने आफैलाई कहिल्यै यस्तो प्रश्न सोध्नुभएको छ: ‘कुन कुराले गर्दा तिनीहरू त्यसरी सेवा गर्न उत्प्रेरित भए? यस्तो सेवा गर्न तिनीहरूले कस्तो तयारी गरे? के म पनि त्यसरी सेवा गर्न सक्छु?’ यी प्रश्नहरूको जवाफ पाउने राम्रो तरिका भनेको ती दाजुभाइ दिदीबहिनीसितै कुरा गर्नु हो। त्यसोभए आउनुहोस्, कुरा गरौं।

कुन कुराले गर्दा तिनीहरू उत्प्रेरित भए?

तपाईंलाई कुन कुराले गर्दा ‘आवश्यकता धेरै भएको देशमा सरेर सेवा गरौं’ भन्ने विचार आयो? अमेरिका -बाट आएकी लगभग ३५ वर्षकी एमी यसो भन्छिन्‌: “निकै वर्षदेखि विदेशमा गएर सेवा गर्ने विषयमा विचार गरिरहेकी थिएँ तर यो लक्ष्य हासिल गर्न सकुँला भन्ने लागेकै थिएन।” तिनलाई कुन कुराले आफ्नो विचार परिवर्तन गर्न मदत गऱ्यो? “सन्‌ २००४ को कुरा हो; बेलिजमा सेवा गरिरहेका दम्पतीले मलाई तिनीहरूकहाँ बोलाए र एक महिना तिनीहरूसँगै अग्रगामी गर्न भने। म गएँ; निकै रमाइलो लाग्यो। त्यसको एक वर्षपछि नै म अग्रगामी सेवा गर्न घानामा सरें।”

स्टेफनी र आरोन

अहिले ३० वर्ष पुग्नै लागेकी अमेरिका-की स्टेफनी-ले केही वर्षअघि आफ्नो अवस्था राम्ररी केलाइन्‌ र यस्तो सोचिन्‌: ‘म स्वस्थ छु, परिवारलाई हेर्नुपर्ने जिम्मेवारी पनि छैन। म अहिलेभन्दा अझ धेरै यहोवाको सेवा गर्न सक्छु।’ यसरी आफूलाई इमानदार भई केलाउँदा तिनले घानामा सरेर अझ धेरै यहोवाको सेवा गर्ने प्रेरणा पाइन्‌। आधा वसन्त पार गरिसकेका डेनमार्क-का फिलिप आद-को आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गर्ने सपना थियो। तिनीहरूले आफ्नो सपना साकार पार्ने विभिन्न तरिका खोजे। फिलिप भन्छन्‌: “पछि त्यस्तो सुअवसर पाउँदा यहोवाले ‘लौ! अब जाऊ’ भन्नुभएझैं लाग्यो।” सन्‌ २००८ मा तिनीहरू घाना सरे र तीन वर्षभन्दा धेरै समयसम्म सेवा गरे।

ब्रूक र हान्ज

 तीस वर्ष नाघिसकेका अग्रगामी दम्पती हान्ज ब्रूक अमेरिका-मा सेवा गरिरहेका थिए। तिनीहरूले सन्‌ २००५ मा कट्रिना आँधीबेहरीले तहसनहस पारेको बेला राहतकार्यमा भाग लिएका थिए। पछि तिनीहरूले अन्तरराष्ट्रिय निर्माण परियोजनामा काम गर्न निवेदन दिए तर तिनीहरूलाई बोलाइएन। हान्ज यसो भन्छन्‌: “अधिवेशनको एउटा भाषणमा राजा दाऊदबारे चर्चा गरिएको थियो; तिनले यहोवाको मन्दिर निर्माण गर्न नपाएपछि आफ्नो लक्ष्य परिवर्तन गरेका थिए। यो भाषणले हामीलाई पनि आफ्नो लक्ष्य परिवर्तन गर्न मदत गऱ्यो।” (१ इति. १७:१-४, ११, १२; २२:५-११) ब्रूक थप्छिन्‌: “हामीले अर्कै ढोकामा ढकढक्याओस् भन्ने यहोवाले चाहनुभएको रहेछ।”

अरू देशमा सेवा गरिरहेका साथीहरूको रमाइला अनुभव सुनेपछि हान्ज र ब्रूक अग्रगामी सेवालाई अझ विस्तार गर्न हौसिए। सन्‌ २०१२ मा तिनीहरू घानामा सरे, त्यहाँ साङ्‌केतिक भाषाको मण्डलीमा चार महिना सेवा गरे। हुन त पछि तिनीहरू अमेरिका फर्कनुपऱ्यो तर घानामा गएर सेवा गरेको कारण राज्य गतिविधिलाई प्राथमिकता दिने तिनीहरूको इच्छा अझ बलियो भयो। त्यसदेखि यता तिनीहरूले माइक्रोनेसियामा गएर शाखा कार्यालयको निर्माण कार्यमा मदत गरिसकेका छन्‌।

आफ्नो लक्ष्य हासिल गर्न तिनीहरूले चालेको कदम

आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न तपाईंले कस्तो तयारी गर्नुभयो? स्टेफनी भन्छिन्‌: “मैले आवश्यकता धेरै भएको ठाउँमा सर्ने विषयमा लेखिएका प्रहरीधरहरा-का लेखहरू अनुसन्धान गरें। * मण्डलीका एल्डरहरू, क्षेत्रीय निरीक्षक र तिनीहरूका श्रीमतीसित पनि प्रचारको काम विस्तार गर्न चाहेको कुरा बताएँ। त्यति मात्र होइन, प्रार्थना गर्दा पटक-पटक आफ्नो लक्ष्यबारे यहोवालाई बताएँ।” साथै, स्टेफनीले आफ्नो सरल जीवनलाई निरन्तरता दिइन्‌। यसो गर्दा तिनले विदेशमा सेवा विस्तार गर्न चाहिने खर्च जोहो गर्न सकिन्‌।

हान्ज यसो भन्छन्‌: “हामीले डोऱ्याइको लागि यहोवालाई प्रार्थना गऱ्यौं किनभने उहाँले जुन ठाउँमा जानू भन्नुहुन्छ हामी त्यहीं जान चाहन्थ्यौं। हामीले तोकेरै कुन  दिन त्यस्तो कदम चाल्न चाहन्छौं, त्यो पनि प्रार्थनामा राख्यौं।” यी दम्पतीले चारवटा शाखा कार्यालयमा पत्र पठाए। घाना शाखा कार्यालयको एकदमै राम्रो प्रतिक्रिया पाएपछि तिनीहरू त्यहाँ दुई महिनाको लागि गए। हान्ज भन्छन्‌: “मण्डलीसँग काम गरेर निकै आनन्द उठायौं। त्यसैले त्यहाँको बसाइँ अझै लम्ब्यायौं।”

अड्रिया र जर्ज

झन्डै ४० पुग्न लागेका क्यानाडा-का जर्ज अड्रिया-ले यहोवाको आशिष्‌ पाउन राम्रो मनसाय राखेर मात्र पुग्दैन, सही निर्णय पनि गर्नुपर्छ भनेर बुझे। त्यसैले आफ्नो लक्ष्य हासिल गर्न तिनीहरूले तुरुन्तै कदम पनि चाले। तिनीहरूले आवश्यकता धेरै भएको ठाउँ, घानामा सेवा गरिरहेकी बहिनीसित सम्पर्क गरेर थुप्रै कुरा सोधे। तिनीहरूले क्यानाडा र घाना शाखा कार्यालयलाई पत्र पनि लेखे। अड्रिया भन्छिन्‌: “हुन त पहिले पनि हामीले जीवन सरल बनाइसकेका थियौं; यसपालिचाहिं अझै सरल बनाउन खोज्यौं।” यस्तो निर्णयले गर्दा तिनीहरू सन्‌ २००४ मा घानामा सर्न सके।

चुनौतीको सामना गर्दै

तपाईं त्यहाँ सर्नुभएपछि कस्ता चुनौतीहरू आइपऱ्यो र कसरी सामना गर्नुभयो? एमीलाई सबैभन्दा पहिला त घरको यादले सतायो। “म बसेको ठाउँमा सबै कुरा फरक थियो।” तिनले कसरी मदत पाइन्‌? “परिवारका सदस्यहरूले फोन गरेर मैले गरेको सेवा अत्यन्तै महत्त्वपूर्ण छ भनिदिंदा आफू त्यसरी सर्नुको कारण मनमा राख्न मदत मिल्यो। पछि परिवारसित भिडियो कल गरेर कुरा गर्न थाल्यौं। यसो गर्दा एकअर्कालाई देख्ज्थ्यौं र हामी टाढा छैनौं भन्ने लाग्क्थ्यो।” त्यहाँको अनुभवी बहिनीसित सङ्‌गत गरेको कारण फरक चलनसित घुलमिल हुन सकेको कुरा पनि एमी बताउँछिन्‌। “मान्छेहरूको  बानी-व्यहोरा बुझिनँ भने म ती बहिनीकहाँ गइहाल्थें अनि उनले मलाई मदत गर्थिन्‌। उनको मदतले गर्दा मैले के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर बुझ्न सकें। यसले गर्दा प्रचारको काममा आनन्दित हुँदै लाग्न सकेकी छु।”

पहिलो पटक घाना जाँदा पुरानो जमानामा फर्केजस्तै लाग्यो भनेर जर्ज र अड्रिया बताउँछन्‌। अड्रिया भन्छिन्‌: “लुगा धुने मेसिनको ठाउँमा बाल्टिन चलाउनुपऱ्यो! खाना पकाउन पनि पहिलेभन्दा दस गुणा धेरै समय लाग्क्थ्यो। तर केही समय बितेपछि जस्तै गाह्रो लाग्ने कुरा पनि गजबको नयाँ अनुभव बन्न पुग्यो।” ब्रूक पनि यसो भन्छिन्‌: “हामी अग्रगामीहरूले जस्तोसुकै गाह्रो अवस्था सामना गर्नुपरे तापनि वास्तवमा आनन्दित जीवन बिताइरहेका छौं। यस्ता उत्थानदायी अनुभवहरूलाई जम्मा गरेर हेर्दा फुल-गुच्छाजस्तै सुन्दर लाग्छ।”

इनामदायी सेवा

तपाईं किन अरूलाई यस्तो सेवा रोज्न प्रोत्साहन दिनुहुन्छ? स्टेफनी भन्छिन्‌: “एकदिन पनि नछुटाईकन अध्ययन गर्न चाहने मानिसहरू प्रचारमा भेट्‌नु भनेको साँच्चै आनन्दको कुरा हो। आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गर्ने मेरो निर्णय मैले गरेका राम्रा निर्णयहरूमध्ये एक हो।” सन्‌ २०१४ मा स्टेफनीले आरोन-सित विवाह गरिन्‌। अहिले तिनीहरू घाना शाखा कार्यालयमा सेवा गर्दै छन्‌।

तीस वर्ष नाघेकी, जर्मनी-मा बस्ने अग्रगामी बहिनी क्रिस्टिन भन्छिन्‌: “साँच्चै! यी राम्रा अनुभवहरू हुन्‌।” घानामा सर्नुअघि तिनले बोलिभियामा सेवा गरेकी थिइन्‌। तिनी अझै यसो भन्छिन्‌: “परिवारबाट टाढा भएकीले मदतको लागि सधैं यहोवामा भर परें। पहिलेभन्दा अहिले यहोवा परमेश्वर झनै वास्तविक लागेको छ। मैले यहोवाका सेवकहरूमाझ भएको अद्‌भुत एकता पनि अनुभव गर्न सकेकी छु। यो सेवाले मेरो जीवनलाई अर्थपूर्ण बनाएको छ।” क्रिस्टिनले हालै गिदोन-सँग विवाह गरिन्‌ र तिनीहरू दुवै जना अहिले घानामा सेवा गर्दै छन्‌।

क्रिस्टिन र गिदोन

आफ्ना बाइबल विद्यार्थीलाई उन्नति गराउन फिलिप र आदले कसरी मदत गरे भन्ने विषयमा तिनीहरू यसो भन्छन्‌: “पहिला हामीले १५ जना अथवा त्योभन्दा धेरै जनासित बाइबल अध्ययन गर्थ्यौं, तर अहिले १० जनासित मात्र अध्ययन गर्छौं। विद्यार्थीहरूलाई राम्ररी सिकाउन सकियोस् भनेर नै हामीले यस्तो निर्णय गरेका हौं।” यसो गर्दा बाइबल विद्यार्थीले फाइदा उठाउन सके त? फिलिप भन्छन्‌: “मैले माइकल नाम गरेको जवानलाई अध्ययन गर्थें। तिनले हरेक दिन बाइबल अध्ययन गर्थे; तयारी पनि मजाले गर्थे; त्यसैले एक महिनामै बाइबलले सिकाउँछ किताब सकियो। त्यसपछि माइकल बप्तिस्मा अप्राप्त प्रकाशक भए। तिनले क्षेत्र सेवामा भाग लिएको पहिलो दिन नै मलाई यसो भने, ‘मेरो बाइबल विद्यार्थीलाई मदत गर्न सक्नुहुन्छ कि?’ म त छक्क परें। तिनले तीनवटा बाइबल अध्ययन सञ्चालन गरिरहेको अनि तिनीहरूलाई राम्ररी सिकाउन थप मदत चाहिएको कुरा बताए।” बाइबल विद्यार्थीले नै बाइबल अध्ययन सञ्चालन गर्नुपरेको छ भने, सोच्नुहोस् त, सिपालु शिक्षकको झन्‌ कत्ति धेरै आवश्यकता छ!

आद र फिलिप

आवश्यकता धेरै भएको ठाउँमा जानुपर्ने कारण के हो भनेर एमीले चाँडै नै बुझिन्‌: “घानामा आएको केही समयपछि नै हामीले सानो गाउँमा प्रचार गर्दै बहिराहरूलाई खोज्न थाल्यौं। हामीले त्यत्ति सानो गाउँमा पनि एक जना होइन, आठ-आठ जना बहिरा भेट्टायौं!” त्यही समयतिर एमीले एरिक-सँग विवाह गरिन्‌ अनि दुवै जना अहिले विशेष अग्रगामीको रूपमा सेवा गरिरहेका छन्‌। तिनीहरू साङ्‌केतिक मण्डलीमा सङ्‌गत गर्दै छन्‌ अनि देशभरिका ३०० भन्दा धेरै बहिरा प्रकाशक अनि बाइबल सिक्न इच्छुक व्यक्तिहरूलाई मदत गरिरहेका छन्‌। जर्ज र अड्रिया नि? घानामा सेवा गरेको कारण तिनीहरूले पनि विदेशीभूमिमा सेवा गर्दा कस्तो अनुभव हुन्छ भनेर पहिलोचोटि अनुभव गर्न पाए। झन्‌ त, १२६ औं गिलियड स्कुलमा भाग लिने निम्तो पाउँदा खुसीले तिनीहरूको खुट्टा भुइँमा थिएन। अहिले तिनीहरू मोजाम्बिकमा मिसनरीको रूपमा सेवा गरिरहेका छन्‌।

प्रेमले उत्प्रेरित

आध्यात्मिक बाली काट्‌नको लागि धेरै जना दाजुभाइ दिदीबहिनी यसरी विदेशबाट आएर स्थानीय दाजुभाइ दिदी बहिनीसँगै खटिएको देख्न पाउनु साँच्चै मनमोहक कुरा हो। (यूह. ४:३५) एक वर्षको तथ्याङ्‌क हेर्दा घानामा हरेक हप्ता औसतमा १२० जनाले बप्तिस्मा गरेका छन्‌। घानामा गएर सेवा गर्ने यी १७ जना मात्र होइनन्‌, विश्वभरिका हजारौं प्रचारक पनि यहोवाप्रतिको प्रेमले गर्दा ‘राजीखुसीले आफैलाई अर्पण गर्न’ उत्प्रेरित भएका छन्‌। तिनीहरू प्रचारकहरूको धेरै आवश्यकता भएको ठाउँमा सरेर सेवा गर्छन्‌। यसरी राजीखुसीले यहोवाको सेवा गर्नेहरूले यहोवा परमेश्वरको हृदयलाई निकै आनन्दित तुल्याइरहेका छन्‌।—भज. ११०:३; हितो. २७:११.

^ अनु. 9 हाम्रो राज्य सेवकाई, जुलाई २००१, पृष्ठ ८ अनि प्रहरीधरहरा, जुलाई १५, २००३, पृष्ठ २० हेर्नुहोस्।