सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  अक्टोबर २०१७

के तपाईंलाई थाह थियो?

के तपाईंलाई थाह थियो?

येशूले कसम खाने कुराको किन विरोध गर्नुभयो?

मोशाको व्यवस्थाअनुसार कुनै-कुनै अवस्थामा कसम खानु अनि शपथ लिनु उचित मानिन्थ्यो। तर येशूको समयका मानिसहरूको लागि कसम खाने कुरा यति सामान्य भइसकेको थियो कि तिनीहरू आफूले बोलेको जुनसुकै कुराको लागि पनि कसम खान्थे। आफ्नो कुरालाई अझ पत्यारिलो बनाउन तिनीहरू त्यसो गर्थे। तर येशूले दुई-दुई पटक त्यस प्रचलनको विरोध गर्नुभयो। उहाँले यसो भन्नुभयो: “तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्।”—मत्ती ५:३३-३७; २३:१६-२२.

एउटा किताबले * बताएअनुसार यहूदीहरूमाझ कसम खाएर बोल्ने प्रचलन कत्तिको व्याप्त थियो भनेर बुझ्न ताल्मुदमा लेखिएका कुराहरूले मदत गर्छ। किनभने कस्तो कसम तोड्‌न मिल्छ अनि कस्तो कसमचाहिं तोड्‌न मिल्दैन भनेर ताल्मुदमा एक-एक कुरा बताइएको छ।

येशूले मात्र तिनीहरूको प्रचलनको विरोध गर्नुभएको थिएन। जस्तै, यहूदी इतिहासकार फ्लेभियस जोसेफसले एउटा यहूदी गुटबारे यस्तो लेखे: “तिनीहरू पटक्कै कसम खाँदैनथे। कसम खाने कुरा तिनीहरूको लागि झूट बोल्नुभन्दा खराब थियो। तिनीहरूको विचारमा कसैले आफ्नो कुरामा अरूलाई विश्वास दिलाउन कसम खान्छ भने उसले झूट नै बोलेको हुनुपर्छ।” साथै, एउटा यहूदी लेखोटअनुसार * “कसम खाने मान्छे वास्तवमा कुकर्मी हो।” येशूले मनपरी कसम खाने प्रचलनको विरोध गर्नुभयो। हामी सधैं सत्य बोल्छौं भने अरूले हाम्रो कुरा पत्याओस् भनेर हामीले कसम खानै पर्दैन।

^ अनु. 2 Theological Dictionary of the New Testament.

^ अनु. 3 Wisdom of Sirach, or Ecclesiasticus, (23:11)