सीधै सामग्रीमा जाने

अक्टोबर ६, २०१७
नयाँ के थपियो

बाइबलको शिक्षाभागको नयाँ डिजाइन

बाइबलको शिक्षाभागको नयाँ डिजाइन

jw.org मा भएको “बाइबलको शिक्षा” भन्‍ने भागको डिजाइन परिवर्तन गरिएको छ। कुनै एक विषयमा आधारित थुप्रै लेख सजिलै हेर्न मिल्ने भएको छ। यस भागमा निम्न कुराहरू परिवर्तन भएका छन्‌:

  • नयाँ खण्ड “बाइबल तथा इतिहास” ले बाइबलजस्तो संरक्षण गरिएको, धेरै भाषामा अनुवाद र वितरण भएको किताब अरू कुनै छैन भनेर बताउनुका साथै अनुसन्धान गरेर पत्ता लागेको नयाँ कुराले बाइबल ऐतिहासिक रूपमा सही छ भनेर दिएको प्रमाणबारे बताउँछ।

  • नयाँ खण्ड “शान्ति र आनन्द” ले दैनिक तनाव कसरी कम गर्ने र जटिल समस्या आइपर्दा पनि आनन्द र शान्ति कसरी पाउने भनेर बताउँछ।

  • नयाँ खण्ड “विज्ञान र बाइबल” मा विज्ञानबारे बाइबलमा उल्लेख गरिएका विवरणहरू सही छन्‌ भन्‍ने प्रमाण सृष्टिले कसरी दिन्छ भन्‍ने कुरा बताइएको छ।

  • नयाँ खण्ड “बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ” को डिजाइन एक विषयमा आधारित थुप्रै लेखमा सजिलै जान मिल्ने गरी परिवर्तन भएको छ।

  • नयाँ खण्ड “पारिवारिक तथा वैवाहिक जीवन,” “दम्पती र आमाबुबाका लागि मदत” भन्‍ने खण्ड को सट्टा राखिएको हो। यसले वैवाहिक जीवन सुधार्न अनि छोराछोरी हुर्काउन मदत दिन्छ।