सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जानकारी सुरक्षित राख्ने नीति

जानकारी सुरक्षित राख्ने नीति

बाइबलमा अरूको गोपनीयताको कदर गर्नुपर्छ भन्ने सिद्धान्त दिइएकोले यहोवाका साक्षीहरूको सङ्‌गठनले प्रत्येक व्यक्तिको गोपनीयताको कदर गर्छ। अरूसित खुलस्त र स्पष्ट कुराकानी गर्नुपर्छ, यहोवाका साक्षीहरूलाई आवश्यक पर्दा वा उनीहरूको धार्मिक र परोपकारी कामको लागि मात्र व्यक्तिगत जानकारी सङ्‌कलन गर्न सकिन्छ, अरूको गोप्य कुरा बाहिरिन दिनुहुन्न अनि अरूको निजी जानकारी शतप्रतिशत सुरक्षित छ भनेर पक्का गर्नुपर्छ भन्ने कुरा यहोवाका साक्षीहरूको सङ्‌गठनले राम्ररी बुझेको छ। (हितोपदेश १५:२२; २५:९) हामी गोपनीयताको निकै कदर गर्छौं।हितोपदेश २०:१९.

प्रत्येक व्यक्तिको गोपनीयताको हक सुरक्षित होस् भनेर अहिले थुप्रै देशले निजी जानकारी सुरक्षित राख्ने नीति जारी गरेको छ। तर यस्तो नीति जारी हुनुभन्दा धेरै अघिदेखि नै यहोवाका साक्षीहरूको सङ्‌गठन अरूको गोपनीयताको कदर गर्ने भरपर्दो सङ्‌गठनको रूपमा चिनिंदै आएको छ। अहिले र भविष्यमा पनि यो सङ्‌गठनले पहिलाजस्तै अनि यो नीतिमा उल्लेख गरेअनुसारै अरूको व्यक्तिगत जानकारी सुरक्षित राख्नेछ।

यो नीति कस-कसलाई लागू हुन्छ?

यो नीति यहोवाका साक्षीहरूको पूरै सङ्‌गठन अर्थात्‌ संसारभर रहेका सबै शाखा कार्यालयलाई लागू हुन्छ।

जानकारीको सुरक्षा

यहोवाका साक्षीहरूको सङ्‌गठनले अरूको निजी जानकारी प्रयोग गर्दा निम्न कुरा मनमा राख्नेछन्‌:

  1. १. व्यक्तिगत जानकारीहरू सही अनि उचित तरिकामा प्रयोग गरिनेछ।

  2. २. यहोवाका साक्षीहरूको धार्मिक र परोपकारी कामको लागि आवश्यक पर्दा मात्र व्यक्तिगत जानकारी सङ्‌कलन गरिनछ, त्यससम्बन्धी प्रक्रिया अघि बढाइनेछ वा त्यस्ता जानकारीहरू प्रयोग गरिनेछ।

  3. ३. सही व्यक्तिगत जानकारी मात्र राखिनेछ अनि आवश्यक परेमा अपडेट गरिनेछ। सङ्‌गठनले कुनै त्रुटि भएको खबर पाएपछि सकेसम्म छिटो त्यसलाई सच्याउनेछ।

  4. ४. सङ्‌गठनको कानुनी उद्देश्यको लागि आवश्यक परुन्जेल मात्र व्यक्तिगत जानकारी राखिनेछ।

  5. ५. व्यक्तिगत जानकारी सम्बन्धी हक-अधिकार सुनिश्‍चित गर्न यथासक्दो गरिनेछ।

  6. ६. कसैले अवैधानिक रूपमा व्यक्तिगत जानकारी लिन नपाओस् वा त्यस्ता जानकारी असम्बन्धित व्यक्तिको हातमा नपरोस् भन्नको लागि सङ्‌गठनले उचित प्रविधिको प्रयोग गर्नेछ र सङ्‌गठनले अपनाउनुपर्ने हर किसिमको पद्धति अपनाउनेछ। कम्प्युटरमा राखिएका व्यक्तिगत जानकारीहरू सुरक्षित राख्न हरेक कम्प्युटरमा पासवर्ड छ कि छैन पक्का गरिनेछ अनि अधिकारप्राप्त व्यक्तिलाई मात्र त्यस कम्प्युटरको पासवर्ड दिइनेछ। काम गर्ने समय सकेपछि अफिसहरू लक गरिनेछ; त्यसपछि अधिकारप्राप्त व्यक्ति मात्र प्रवेश गर्न सक्नेछन्‌।

  7. ७. यहोवाका साक्षीहरूको सङ्‌गठनको धार्मिक र परोपकारी काम सम्पन्न गर्नको लागि आवश्यक नै पऱ्यो भने मात्र व्यक्तिगत जानकारीहरू एउटा शाखाबाट अर्को शाखामा पठाइनेछ। यो सङ्‌गठन स्वेच्छाले यहोवाका साक्षीहरू बनेका मानिसहरू मिलेर बनेको सङ्‌गठन हो।

विवरणधनीको हक

  1. १. यदि कोही विवरणधनीले आफ्नो व्यक्तिगत अनि संवेदनशील विवरण सुरक्षित राख्न चाहन्छ, सच्याउन चाहन्छ वा मेटाउन चाहन्छ भने यहाँ उल्लेख गरिएको यहोवाका साक्षीहरूको नीतिअनुसारै सो व्यक्तिलाई तिनको हक प्रदान गरिनेछ।

  2. २. यहाँ बताइएको कुराअनुसारै यदि कसैले निवेदन दिन्छ भने उसले आफ्नो परिचय खुलाउने पूरा प्रमाण पेस गर्नुपर्नेछ।

  3. ३. यदि विवरणधनीले आफ्नो विवरण सच्याउने वा मेटाउने निवेदन दियो भने साक्षीहरूको सङ्‌गठनले उक्त व्यक्तिको निवेदनअनुसार गर्दा सङ्‌गठनको धार्मिक अधिकारलाई केही असर गर्छ कि भनेर विचार पुऱ्याउनेछ; यानिकी उक्त व्यक्तिलाई उसको हक दिंदा सङ्‌गठनको धार्मिक स्वतन्त्रता वा गतिविधिलाई खतरा हुन्छ कि भनेर सोचिनेछ।

  4. ४. प्रत्येक यहोवाको साक्षीको विवरण सही अवस्थामा छ कि छैन भनेर साक्षीहरूको सङ्‌गठनले एकदमै ध्यान दिन्छ। त्यस्तो विवरण मेटाउनु भनेको सङ्‌गठनको धार्मिक विश्वास र कार्यविपरीत हो।

निवेदन हक

यदि कसैलाई आफ्नो हक हनन भएको जस्तो लाग्छ भने उसले सिधै शाखा कार्यालयलाई पत्र लेखेर निवेदन पेस गर्न सक्छ। निवेदन पेस गर्नुपर्ने अवस्था सृजना भएको दुई हप्ताभित्रमै शाखालाई पत्र पठाइसक्नुपर्नेछ।