सीधै सामग्रीमा जाने

गोपनीयता नीति

गोपनीयता नीति

महत्त्वपूर्ण: हाम्रो वेबसाइट प्रयोग गर्दा र/अथवा तपाईँले हामीलाई कुनै निजी जानकारी उपलब्ध गराउँदा ती जानकारी आवश्‍यकताअनुसार प्रयोग गर्ने अनुमति दिइरहनुभएको हुन्छ। ती जानकारी गोपनीयताको यस नीतिमा उल्लेख गरिएको उद्देश्‍यअनुसार र निजी जानकारी सम्बन्धी प्रचलनमा भएको नियम-कानूनअनुसार प्रयोग गर्न सक्छौँ।

 तपाईँको गोपनीयताको कदर गर्दै

तपाईँको गोपनीयतालाई सुरक्षित राख्न र त्यसको कदर गर्न हामी कटिबद्ध छौँ। यस नीतिको आधारमा हामीले तपाईँबाट सङ्‌कलन गरेको वा तपाईँले उपलब्ध गराउनुभएको निजी जानकारी हाम्रो वेबसाइटमा प्रयोग गर्न सक्नेछौँ। तपाईँले हाम्रो वेबसाइट चलाउनुहुँदा केही आधारभूत जानकारी सङ्‌कलन गर्नेछौँ र ती जानकारी कसरी प्रयोग गरिनेछ, त्यसबारे तपाईँलाई थाह दिनेछौँ। हामीले ती जानकारी सुरक्षित राख्नुको महत्त्व बुझेका छौँ। हामीलाई निजी जानकारी प्रदान गर्ने कि नगर्ने, तपाईँ आफैले निर्णय गर्न सक्नुहुन्छ। यस नीतिमा उल्लेख गरिएको “निजी जानकारी” भनेको तपाईँको नाम, इमेल ठेगाना, टेलिफोन नम्बर वा तपाईँको परिचय खुलाउने कुनै प्रकारको जानकारी हो। यस वेबसाइटको सार्वजनिक पेज खोल्न तपाईँले निजी जानकारी उपलब्ध गराउनुपर्ने छैन। “वेबसाइट”-मा यो वेबसाइट अनि apps.jw.org, ba.jw.org, stream.jw.orgwol.jw.org जस्ता हाम्रा अन्य साइटहरू पर्छन्‌।

 जानकारी सङ्‌कलक

यो वेबसाइट Watchtower Bible and Tract Society of New York, Inc. (“वाचटावर”) मा निहित छ। यो संस्थाले संसारभरका यहोवाका साक्षीहरूको गतिविधिलाई अनि बाइबलआधारित शैक्षिक कार्यक्रमलाई अघि बढाउने काम गर्छ अनि यो कुनै नाफा कमाउने उद्देश्‍यले खोलिएको संस्था होइन। यदि तपाईँले स्वेच्छाले खाता बनाउनुभयो, अनुदान दिनुभयो, भेट्‌न अनुरोध गर्नुभयो वा निजी जानकारी दिनुपर्ने अरू काम गर्नुभयो भने यो नीतिसित सहमति जनाउनुभएको हुन्छ अनि संयुक्‍त राज्य अमेरिकाको सर्भरमा तपाईँको जानकारी स्टोर गर्ने अनुमति दिनुभएको मानिन्छ। साथै तपाईँको अनुरोधअनुसार काम गर्नको लागि वाचटावर र विभिन्‍न देशमा रहेका यहोवाका साक्षीहरूसित सम्बन्धित संस्थाहरूलाई निजी जानकारी सङ्‌कलन गर्न, प्रक्रिया अघि बढाउन, जानकारी एक ठाउँबाट अर्को ठाउँमा पठाउन र जम्मा गर्न अनुमति दिनुभएको मानिन्छ। यो धार्मिक सङ्‌गठन संसारभरि रहेका विभिन्‍न स्थानीय संस्थाहरूमार्फत काम गर्छ। जानकारीको सुरक्षाको लागि स्थानीय मण्डली, शाखा कार्यालय र यस्तै अन्य संस्थाहरू आबद्ध छन्‌, जुन यहोवाका साक्षीहरूको सङ्‌गठन अन्तर्गत काम गर्छन्‌।

तपाईँले यस वेबसाइटको कुन विशेषता चलाउनुभएको हो, त्यसअनुसार नै जानकारी सङ्‌कलक फरक-फरक हुनेछ। जस्तै: तपाईँले कुनै देशको कानुनी हकवालालाई अनुदान पठाउनुहुन्छ भने अनुदान प्रक्रियामा बताइएजस्तै तपाईँको नाम अनि सम्पर्क ठेगाना त्यस देशको कानुनी संस्थालाई दिइनेछ। अर्को उदाहरण, यदि तपाईँले भेट्‌न अनुरोध गर्नुभएको हो भने तपाईँसित सम्पर्क गर्न तपाईँको नाम र ठेगाना उक्‍त ठाउँको यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई अनि मण्डलीलाई पठाइनेछ।

यदि तपाईँ बसोबास गर्ने देशमा जानकारीको सुरक्षा सम्बन्धी नियम-कानुन छ भने उक्‍त देशको सम्पर्क ठेगाना ‘जानकारी सुरक्षा सम्पर्क’ पेजमा पाउन सक्नुहुन्छ।

 जानकारी सुरक्षा र गोप्यता

हामी तपाईँको निजी जानकारी सुरक्षित र गोप्य राख्ने विषयलाई गम्भीरतासाथ लिन्छौँ। त्यसको लागि अप-टु-डेट जानकारी स्टोरेज र सुरक्षा विधि अपनाउँछौँ ताकि तपाईँको निजी जानकारी अनधिकृत पहुँच, अनुचित प्रयोग वा प्रकटीकरण, अनधिकृत परिमार्जन, अवैध विनाश वा आकस्मिक क्षतिबाट जोगाउन सकौँ। तपाईँको जानकारी गोप्य राख्नको लागि सङ्‌कलित जानकारीको प्रक्रिया अघि बढाउनेहरू र तपाईँको निजी जानकारी प्रदान गरिएका सबै तेस्रो पक्ष कटिबद्ध छन्‌। हामी तपाईँको निजी जानकारी निश्‍चित उद्देश्‍य पूरा नभएसम्म राख्छौँ। कुनै कानुनी प्रक्रियाको लागि वा संस्थाको नीतिअनुसार ती जानकारी सञ्चय गर्नुपर्ने हुन्छ।

तपाईँहरूले आफ्नो निजी जानकारी पठाउनुहुँदा त्यो अरूकहाँ नपुगोस्‌ भनेर हामी ट्रान्सपोर्ट लेयर सेक्युरीटी (Transport Layer Security) जस्ता कोड सिस्टमहरू (encryption) प्रयोग गर्छौं। हामी अनधिकृत पहुँचबाट जोगाउने प्रोटोकोलहरू भएको कम्प्युटर सिस्टम प्रयोग गर्छौँ। साथै हाम्रो कम्प्युटर सिस्टममा भौतिक, इलेक्ट्रोनिक र अन्य सुरक्षा सम्बन्धी नियम लागू गरिएको छ। यसले गर्दा गोप्यता कायम राख्न र प्राप्त जानकारीहरू सुरक्षित राख्न सकेका छौँ। अनधिकृत पहुँचबाट जोगाउन हामी कडा सुरक्षा नीति अपनाउँछौँ।

 नाबालिग

यदि तपाईँ नाबालिग हुनुहुन्छ र हाम्रो वेबसाइट चलाउँदै हुनुहुन्छ भने आमाबुबा वा अभिभावकको निगरानीमा रहेर निजी जानकारी दिन सक्नुहुन्छ। यदि तपाईँ आमाबुबा वा अभिभावक हुनुहुन्छ र नाबालिगलाई यो वेबसाइटमा तिनको निजी जानकारी दिने अनुमति दिनुहुन्छ भने नाबालिग प्रयोगकर्ताको सन्दर्भमा दिइएको यो नीतिसित तपाईँ सहमत हुनुहुन्छ भनेर देखाइरहनुभएको हुन्छ।

 तेस्रो पक्ष

कुनै-कुनै सेवा प्राप्त गर्नको लागि (जस्तै: अनलाइन फारम भर्नको लागि) यो वेबसाइटको कुनै-कुनै ठाउँमा तेस्रो पक्षद्वारा सञ्चालित वेबसाइटहरूको लिङ्‌क दिइएको छ। छुट्टै पृष्ठ खुलेपछि अनि ब्राउजर एड्रेस बार (browser’s address bar) परिवर्तन भएपछि तपाईँले तेस्रो पक्षद्वारा सञ्चालित वेबसाइट खुलेको थाह पाउनुहुनेछ। साथै तपाईँले यस वेबसाइटमार्फत थप जानकारीको लागि गर्नुभएको अनुरोध, जसमा तपाईँले अनुरोध गर्नुभएको गतिविधिको नोटिफिकेसन पनि समावेश छ, त्यसको आधारमा तेस्रो पक्षमार्फत इमेल वा मेसेज पाउन सक्नुहुन्छ। तेस्रो पक्षको लिङ्‌क राख्ने बेला र त्यसपछि पनि बारम्बार तिनीहरूको गोपनीयता तथा सुरक्षा नीति हाम्रोजस्तै छ कि छैन भनेर पक्का गरिन्छ। तर तेस्रो पक्षको एपहरू र सेवाहरू प्रयोग गर्दा त्यसको प्रोग्रामिङ, प्रयोगका सर्तहरू, गोपनीयता नीति र साधारण सर्तहरू हाम्रो निगरानीमा हुँदैन। त्यसैले यो वेबसाइटमा ती एपहरू र सेवाहरू प्रयोग गर्दा तेस्रो पक्षले तोकेको हालको सेवाका सर्तहरू र साधारण सर्तहरू तपाईँले स्विकार्नुपर्छ। त्यसको प्रयोगका सर्तहरूको नवीनतम जानकारीबारे हामीलाई थाह छैन। त्यसैले तेस्रो पक्षको सेवा लिनुअघि ती सर्तहरू हेर्नुहोस्‌। तेस्रो पक्षको नीतिबारे थप जानकारी चाहनुहुन्छ भने कृपया तिनीहरूको पृष्ठमा गएर त्यहाँ दिएको नीति पढ्‌नुहोस्‌।

 यस वेबसाइटमा गुगल म्याप्स सर्भिसेज प्रयोग गर्दा तपाईँले हालको गुगल गोपनीयता नीति स्विकार्नुपर्छ। गुगल तेस्रो पक्ष सेवा प्रदायक हो, जसको एपहरू, प्रोग्रामिङ र प्रयोगका सर्तहरू हाम्रो निगरानीमा हुँदैन। त्यसैले यो वेबसाइटमा गुगल म्याप्स सर्भिसेज चलाउँदा हालको गुगल म्याप्स/गुगल अर्थको प्रयोगका थप सर्तहरू स्विकार्नुपर्छ। त्यसका प्रयोगका सर्तहरूको नवीनतम जानकारीबारे हामीलाई थाह छैन। त्यसैले गुगल म्याप्स सर्भिसेज प्रयोग गर्नुअघि ती सर्तहरू हेर्नुहोस्‌। तपाईँ ती सर्तहरूसित सहमत हुनुहुन्‍न भने गुगल म्याप्स सर्भिसेज प्रयोग नगर्नुहोस्‌।

नीतिमा गरिएका परिवर्तनहरूबारे जानकारी

 हामी यो वेबसाइट सुधार्दै अनि यसमा नयाँ फङ्‌सन र विशेषता थप्दै लगिरहेका छौँ। साथै अहिले उपलब्ध सेवालाई पनि सुधार्दै लगिरहेका छौँ र थप सेवाको प्रबन्ध पनि मिलाउँदै छौँ। यी परिवर्तनहरू लगायत नियम-कानुन र प्रविधिमा भइरहेको परिवर्तनले गर्दा जानकारी प्रयोग गर्ने हाम्रो तरिका समय-समयमा परिवर्तन हुन्छ। हाम्रो नीति परिवर्तन गर्नुपर्ने खाँचो देखियो भने के-कस्ता परिवर्तनहरू भए, यस पृष्ठमा पोस्ट गर्नेछौँ। यसरी तपाईँहरूले हामी कसरी जानकारी सङ्‌कलन गर्छौँ र प्रयोग गर्छौँ, त्यसबारे थाह पाउन सक्नुहुन्छ।

एक्टिभ स्क्रिप्टिङ अर्थात्‌ जाभास्क्रिप्ट

यस साइटलाई अझ सुचारु रूपले चलाउनका लागि स्क्रिप्टिङ प्रविधिको प्रयोग गरिन्छ। यस प्रविधिको मदतले प्रयोगकर्तालाई तुरुन्त जानकारी उपलब्ध गराउन सक्नेछ। यस साइटले प्रयोगकर्ताको कम्प्युटरमा कुनै सफ्टवेयर इन्स्टल गर्न अथवा प्रयोगकर्ताले अनुमति नदिएको जानकारी सङ्‌कलन गर्न यस प्रविधिको प्रयोग कहिल्यै गर्दैन।

यस साइटका केही भागहरू सही तरिकाले चल्नको लागि एक्टिभ स्क्रिप्टिङ अर्थात्‌ जाभास्क्रिप्ट चाहिने भएकोले तपाईँले आफ्नो इन्टरनेट ब्राउजरमा यसलाई इनेबल गर्नुपर्नेछ। अधिकांश वेब ब्राउजरहरूमा कुनै निश्‍चित साइटमा जाँदा जाभास्क्रिप्ट इनेबल गर्ने वा डिसेबल गर्ने भनेर छनौट गर्न सकिन्छ। कुनै साइटको लागि स्क्रिप्टिङ प्रविधि कसरी इनेबल गर्ने भनेर थाह पाउन तपाईँले प्रयोग गर्नुहुने वेब ब्राउजरको हेल्प सेक्सनमा हेर्नुहोस्‌।