अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

JW.ORG वेबसाइट

साङ्‌केतिक भाषासम्बन्धी विषयवस्तु खोज्नुहोस्

साङ्‌केतिक भाषासम्बन्धी विषयवस्तु खोज्नुहोस्

साङ्‌केतिक भाषाको विषयवस्तु प्रायः भिडियो फर्म्याटमा हुन्छ। केही साङ्‌केतिक भाषामा jw.org वेबसाइटको गृहपृष्ठ लगायत केही भाग अनुवाद भएको छ। अझै पनि यो वेबसाइट अन्य थुप्रै साङ्‌केतिक भाषामा अनुवाद भएको छैन तर प्रकाशन भन्ने भागमा तपाईंले किताब, पत्रिका र अरू प्रकाशनहरूको भिडियो भने पाउन सक्नुहुन्छ।

साङ्‌केतिक भाषासम्बन्धी विषयवस्तु खोज्न तल दिइएको कुनै एक तरिका प्रयोग गर्नुहोस्:

 साङ्‌केतिक भाषा रोज्नुहोस्

  • पहिलो तरिका: jw.org को गृहपृष्ठमा भएको भाषा रोज्ने बक्समा क्लिक गर्नुहोस्। त्यसपछि वेबसाइटमा भएको सम्पूर्ण भाषाको सूची देखा पर्नेछ।

  • साङ्‌केतिक भाषा मात्र देखाउने भन्ने बक्समा क्लिक गर्नेबित्तिकै साङ्‌केतिक भाषाको सूची मात्र देखा पर्नेछ।

    अर्को तरिका, भाषा रोज्ने बक्समा तपाईंले खोज्नुभएको साङ्‌केतिक भाषा टाइप गर्नुहोस्। त्यसपछि तपाईंले टाइप गर्नुभएको अक्षर वा शब्द भएको भाषा मात्र सूचीमा देखा पर्नेछ।

  • दोस्रो तरिका: गृहपृष्ठको पुछारमा भएको “साङ्‌केतिक भाषाको भिडियो हेर्नुहोस्” भन्ने लिङ्‌कमा क्लिक गर्नुहोस्। त्यसपछि आफूले हेर्न चाहेको साङ्‌केतिक भाषा रोज्न सक्नुहुन्छ।

तपाईंले रोज्नुभएको साङ्‌केतिक भाषामा यो साइट अनुवाद गरिएको छ भने पेज खुल्नेछ।

साङ्‌केतिक भाषाको साइटमा भएका प्रत्येक मेनु अप्सनहरूमा साङ्‌केतिक चिन्हहरू हुने भएकोले यो साइट सजिलै चिन्न सकिन्छ। प्रत्येक चिन्हले त्यस भागमा भएको विषयवस्तुको साङ्‌केतिक भिडियोलाई बुझाउँछ।

साङ्‌केतिक भाषाको प्रकाशन भन्ने भागमा कुनै कुनै मेनु अरू भाषामा भन्दा फरक हुन्छ। जस्तै, साङ्‌केतिक भाषाको साइटमा सङ्‌गीतलाई गीत भनेर राखिएको छ।

मेनु प्रयोग गरेर तपाईंले खोज्नुभएको साङ्‌केतिक भाषासम्बन्धी विषयवस्तु हेर्न सक्नुहन्छ। साङ्‌केतिक भाषाको भिडियोहरू हेर्नुहोस् वा डाउनलोड गर्नुहोस्।

प्रकाशनमा जानुहोस्

 प्रकाशनहरू भन्ने भागमा क्लिक गर्नुहोस्। त्यसपछि विशेष सामग्री भन्ने भागमा क्लिक गर्नुहोस्।

देखाउने भन्ने बक्समा क्लिक गर्नेबित्तिकै थुप्रै भाषाको सूची देखा पर्नेछ। त्यसैले देखाउने भन्ने बक्समा गएर आफूले हेर्न चाहेको साङ्‌केतिक भाषा टाइप गर्नुहोस्। तपाईंले टाइप गर्नुभएको अक्षर वा शब्द भएको भाषा मात्र सूचीमा देखा पर्नेछ।

तपाईंले रोज्नुभएको साङ्‌केतिक भाषामा केही प्रकाशनहरू मात्र छन्‌ भने ती सबै विशेष सामग्री भन्ने पेजमा देखा पर्नेछ। तर प्रकाशनहरू थुप्रै छन्‌ भने विशेष सामाग्री भन्ने पेजमा केही मात्र देखिनेछ। प्रकाशनहरू भन्ने भागमा क्लिक गर्नुहोस्। त्यसपछि बाइबल वा पत्रिकाहरू वा पुस्तक वा पुस्तिकाहरू भन्ने भागमा क्लिक गर्नुहोस्। यदि त्यहाँ साङ्‌केतिक भाषाका प्रकाशनहरू उपलब्ध छन्‌ भने देखिनेछ।

साङ्‌केतिक भाषा-को JW लाइब्रेरी एप प्रयोग गर्नुहोस्

निम्न अवस्थामा साङ्‌केतिक भाषा-को JW लाइब्रेरी एप तपाईंको लागि उपयोगी हुन सक्छ:

  •   तपाईं साङ्‌केतिक भाषाको भिडियो अक्सर हेर्नुहुन्छ वा चलाउनुहुन्छ भने।

  • इन्टरनेट नभएको बेला पनि मोबाइलमा साङ्‌केतिक भाषाका भिडियोहरू हेरेर लाभ उठाउनुहुन्छ भने।

  • तपाईंले प्रयोग गर्ने साङ्‌केतिक भाषामा यो एप उपलब्ध छ भने।

थप जानकारीको लागि, साङ्‌केतिक भाषा-को jw लाइब्रेरी मदत पृष्ठमा हेर्नुहोस्।