अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

JW लाइब्रेरी

बाइबल कसरी डाउनलोड गर्ने—एन्ड्रोइड

बाइबल कसरी डाउनलोड गर्ने—एन्ड्रोइड

JW लाइब्रेरी-को मुख्य विशेषता भनेको बाइबल पढ्‌न र अध्ययन गर्नका लागि हो।

बाइबल डाउनलोड गर्न तल दिइएको निर्देशन पछ्याउनुहोस्:‏

 बाइबल डाउनलोड गर्नुहोस्

तपाईंले अफलाइन बाइबल पढ्‌न र अध्ययन गर्न बाइबल अनुवाद डाउनलोड गर्न सक्नुहुन्छ।

  • यसका लागि नेभिगेसन ड्रयर खोल्नुहोस् अनि बाइबलका किताबहरूको सूची हेर्न बाइबल ट्‌याबमा थिच्नुहोस्।

  • उपलब्ध बाइबलको सूची हेर्न भाषा बटन थिच्नुहोस्। तपाईंले धेरै प्रयोग गर्ने भाषाको अनुवाद सूचीको सबैभन्दा माथि देखा पर्छ। तपाईंले भाषा वा बाइबल अनुवादको नाम टाइप गरेर पनि खोज्न सक्नुहुन्छ। जस्तै: अङ्‌ग्रेजी किङडम इन्टरलिनियर खोज्न “int” टाइप गर्नुहोस् वा पोर्चुगिज भाषाको सबै बाइबल खोज्न “port” टाइप गर्नुहोस्।

  • डाउनलोड नगरेका बाइबलमा बादल चिन्ह हुन्छ। डाउनलोड गर्न बाइबलमा थिच्नुहोस्। तपाईंको मोबाइल वा ट्‌याब्लेटमा बाइबल डाउनलोड भएपछि बादल चिन्ह हट्‌छ। बाइबल पढ्‌न फेरि बाइबलमा थिच्नुहोस्।

तपाईंले खोज्नुभएको बाइबल अनुवाद नपाएमा पछि फेरि खोज्नुहोस्। उपलब्ध भएपछि अरू अनुवादहरू थपिनेछन्‌।

 बाइबल मेटाउनुहोस्

कुनै बाइबल अनुवाद नचाहिएमा वा स्टोरेज स्पेस् खाली गर्नुपरेमा त्यसलाई हटाउन सक्नुहुन्छ।

नेभिगेसन ड्रयर खोल्नुहोस् र बाइबल ट्‌याबमा थिच्नुहोस्। त्यसपछि बाइबलको सूची हेर्न भाषा बटन थिच्नुहोस्। तपाईंले हटाउन चाहनुभएको बाइबलसँगै भएको तीन वटा ठाडो थोप्ला भएको बटन थिच्नुहोस्; त्यसपछि मेटाउने बटन थिच्नुहोस्।

 बाइबल अपडेट गर्नुहोस्

तपाईंले डाउनलोड गर्नुभएको बाइबल समय-समयमा अपडेट गर्नुपर्ने हुन सक्छ।

अपडेट गर्नुपर्ने बाइबलमा रिफ्रेस चिन्ह देखिन्छ। बाइबल खोल्दा अपडेट उपलब्ध छ भन्ने मेसेज देखा पर्छ। अपडेट गर्न डाउनलोड गर्ने बटन थिच्नुहोस् वा पहिलाकै बाइबल पढ्‌न चाहनुहुन्छ भने पछि बटन थिच्नुहोस्।

फेब्रुअरी २०१५ मा JW लाइब्रेरी १.‏४ भर्सनमा यो विशेषता विमोचन भएको थियो। एन्ड्रोइड २.‏३ वा त्यसपछिको भर्सनमा यसलाई चलाउन सकिन्छ। तपाईंले यी विशेषता देख्नु भएन भने JW लाइब्रेरी प्रयोग गर्न थाल्नुहोस्—एन्ड्रोइड अन्तर्गत

नयाँ विशेषताहरू भन्ने भागमा दिइएका निर्देशनहरू पछ्याउनुहोस्